नुवाकोट । सगरमाथा आरोही तथा सामाजिक अभियान्त शर्मिला स्याङतानले नुवाकोट पुगेर विद्यार्थीहरुलाई न्यानो कपडा, स्टेशनरी र गृहणीहरुलाई स्यानेटरी वितरण गरेकी छिन् । शनिबार नुवाकोट जिल्लाको दुप्चेस्वर गाउँपालिका, घ्याङ्फेदी सिसिपु १ को इन्द्रेणी प्रावि र ग्याङ डाँडा नव शिक्षा प्रा.वि.का ९० जना विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी बितरण गरेकी हुन् । साथै गृहिणीहरुलाई स्यानेटरी प्याड समेत बितरण गरेकी छिन् ।

चेन्ज एक्सन नेपालको सहयोगमा वितरण गरिइएको स्याङतानले जानकारी दिईन् । वितरण कार्यक्रमा चेन्ज एक्सन नेपालकी अध्यक्ष इन्दिरा घले समेत पुगेकी थिइन् । ‘हामी त्यहाँ पुग्नुको उद्देश्य केही सामान वितरण गर्न मात्र थिएन, त्यहाँको पर्यटन विकासको सम्भावना र जनजीवनकोबारेमा बुझ्न गएका थियौं ।’ स्याङतानले बताइन् ।

पहिला चेलीबेटी बेचबिखनको मुख्य केन्द्र मानिने घ्याङफेदी हिमालको फेदीमा र गोसाइँकुण्ड नजिकै भएकोले पर्यटकिय सम्भावना रहेको उनले बताइन् ।
घ्याङफेदी पुगेर स्याङतानले हिमाल आरोहणको अनुभव समेत सुनाएकी थिइन् । त्यस भेगमा १ सय घरधुरी भन्दा बढी तामाङ समुदाय रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















