हेटौँडा । मकवानपुरमा भुकम्पले ढलेका १४ हजार १ सय ३५ घरहरु निर्माण भएका छन् ।
जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यावस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयको आयोजनामा आईतबार हेटौंडामा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रमका यसबारेमा जानकारी दिइएको हो ।
जिल्लामा पहिचान भएका कुल लाभग्राही भुकम्प पीडित ३४ हजार ३ सय १९ परिवार मध्येमा आधा भन्दा कम मात्रैले घर निर्माण गरेको इकाइका प्रमुख विमल किशोर केपीले जानकारी दिए ।
उनका अनुसार, कुल लाभग्राहीमध्ये प्रथम किस्ता प्राप्त गर्ने भुकम्प पीडित, दोस्रो किस्ता प्राप्त गर्ने भुकम्प पीडित २३ हजार ४ सय ६६ परिवार र तेस्रो किस्ता प्राप्त गर्ने भुकम्प पीडित १८ हजार ६ सय परिवार रहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।