काठमाडौँ । महानगरीय अपराध महाशाखाको टोलीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिकास्थित बालुवाखानीतिर हतियार बोकेर हिँडिरहेको भन्ने सूचनाको आधारमा महाशाखाको विशेष टोलीले रामेछाप मन्थली नगरपालिका १३ घर भइ हाल काठमाडौँको चुनिखेल बस्दै आएका ३५ वर्षीय रोशन बर्देवालाई पक्राउ गरेको हो ।
उनी नेपाली सेनाको भगौडा भएको पाइएको प्रहरीले जनाएको छ । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक केदार प्रसाद ढकालले उनको साथबाट एक थान पेस्तोल बरामद भएको र उनीमाथि थप अनुसन्धान भइरहेको बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















