बनेपा । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राज्यले धार्मिक आस्थाको आधारमा दमन नगरेको र नगर्ने बताएका छन् । पनौती संयूक्त ख्रीष्ट जन्मोत्सवको आयोजनामा आयोजित कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले उक्त कुरा बताएका हुन् ।
‘राज्यले धार्मिक आस्थाका आधारमा दमन गर्ने छैन, गरेको पनि छैन, धार्मिक स्वतन्त्रता भएको मुलुकमा समान व्यहार हुन्छ ।’ मन्त्री बाँस्कोटाले भने, ‘स्वाधिन देश निर्माणका लागि सरकार प्रतिवद्ध छ ।’
राज्यले कुनै एक धर्मलाई मात्र नअप्नाएको स्पष्ट पार्दै बाँस्कोटाले राज्यबाट कसैप्रति असहिष्णु व्यवहार नहुने बताए । ‘धर्म आफै मानव जातिका विरुद्ध हुँदैन ।’ उनले भने, ‘राज्यले कुनै एक धर्मलाई मात्र अपनाएको छैन । धार्मिक सहिष्णुताको देश बहुभाषिक, बहुसांस्कृतिक, बहुभौगोलिक भएकाले कसैप्रति असहिष्णु व्यवहार हुनेछैन ।’
कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादेले क्रिश्चियन धर्म प्रति आस्था राख्नेहरुको दहसँस्कार गर्न भईरहेको समस्या समाधान गर्ने बताउँद सबै धर्म र समुदाय प्रति नगरपालिकाले समान दृष्टिकोण राख्ने बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















