धुलिखेल । धुलिखेल नगरपालिकाको वडा नम्बर ११ मा रहेको हनुमान माध्यमिक विद्यालयको निर्माण कार्य सम्पन्न भएको नयाँ भवनको उद्घाटन भएको छ । बुधबार धुलिखेल नगरप्रमुख अशोक कुमार व्याञ्जुले एक कार्यक्रमकाबीच उक्त नयाँ भवनको उद्घाटन गरेका हुन् । साथै उद्घाटनसँगै नगर प्रमूख ब्याञ्जुले उक्त नयाँ भवन विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गरेका थिए ।
भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा शाखा धुलिखेलको आर्थिक सहयोगमा भवन निर्माण भएको हो ।
भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख व्याञ्जुले भूकम्पपछि नयाँ भवन बनाउन जुटे जस्तै विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिलाई अनुरोध गरे ।
कार्यक्रममा वडाध्यक्ष विष्णु धितालले विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार्न अभिभावक, शिक्षक र विद्यार्थी तीन पक्षले नै हातेमालो गर्नुपर्नेमा जोड दिदै अभिभावकले आफ्नो बालबालिकाको पठनपाठनका बारे चासो लिनुपर्ने र शिक्षकले बालबालिकाको रुचिलाई ध्यानमा राख्दै नयाँ नयाँ शिक्षण बिधि अपनाउनुपर्ने बताए ।
भवन निर्माणमा ६७ लाख खर्च भएको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा शाखा धुलिखेलका प्रमूख द्वारिका प्रसाद पोखरेलले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।