तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका अध्यक्ष सलाम सिं तामाङ तेमालका १० वटा माध्यमिक विद्यालयको कक्षा कोठामा विद्यार्थीहरुलाई स्टेशनरी सामग्री लिएर पुगेका छन् । मंगलबार र बुधबार तेमालका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई उक्त स्टेशनरी सामग्री वितरण गर्न अध्यक्ष तामाङ कक्षा कोठामै पुगेका हुन् ।

यो वर्ष एसईई परिक्षा दिन लागेका कक्षा १० का विद्यार्थीहरुलाई पौष २ गतेदेखि कोचिङ क्लास शुरु गरेपटि आवश्यक स्टेशनरी सामग्रीको व्यवस्था अध्यक्ष तामाङले गरेका थिए । ‘तेमाललाई शिक्षामा उत्कृष्ट बनाउन कोचिङ कक्षाको शुरुवात गरेका हौं ।’ तामाङले तेमाल अनलाईनसँग भने, ‘उनीहरुलाई कुनै पनि चीजको समस्याको कारणले पढाईमा अवरोध नहोस भनेर सबै विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरेका हौं ।’

अध्यक्ष तामाङ प्रत्येक विद्यालयको कक्षा कोठामै पुगेर विद्यार्थीहरुलाई पढाईमा ध्यान दिन अनुरोध गरेका थिए ।
कुन विद्यालयमा कतिजना विद्यार्थीलाई स्टेशनरी वितरण गरियो त ?
अध्यक्ष तामाङले तेमाल–१ मा रहेको जनचेतना माविमा ५८ जना, सर्वोद्वार मावि तेमाल–२ मा ३१ जना, भुमे मावि तेमाल–३ मा ३१ जना, तमोल मावि, तेमाल–४ मा २५ जना, पञ्चकन्या मावि तेमाल–६ मा ३१ जना, नारायणस्थान मावि तेमाल–५ मा ५३ जना, राधाकृष्ण मावि तेमाल–७ मा २६ जना, जनज्योति मावि तेमाल–८ मा १३ जना, सेतीदेवी मावि तेमाल–८ मा १४ जना, कुशेश्वर मावि तेमाल–९ मा ७० जनालाई स्टेशनरी वितरण गरेका थिए ।

स्टेशनरी वितरण पछि विद्यार्थीहरु खुशी भएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।