एजेन्सी । अमेरिकाको कोलोराडोमा एक ब्यक्तिले बैंकका लुटेको पैसा हावामा फालेर सबैलाई क्रिसमसको शुभकामना दिएका छन्।
६५ बर्षीय डेवड वायने ओलिवरले अरु व्यक्तिको मद्दत नलिई एक्लै बैंक लुटेका थिए। कोलोराडो प्रहरीले पनि ुदाह्री सेतै फुलेको बुढो मानिसले बैंक लुटेकोु सूचना दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
मध्याह्न १२ बजेतिर नै बैंक लुटेर निस्किएका डेविडले सडकमा आएर थैलोबाट पैसा निकाली हावामा उडाइदिएका थिए। पैसा उडाउँदै गर्दा उनले सबैलाई क्रिसमसको शुभकामना दिइरहेका थिए।
भएभरको पैसा सडकभर फालिदिएपछि डेविड एक कफी पसलमा गए र प्रहरीलाई कुरेर बसे। उनलाई प्रहरीले पक्राउ गरेको र सडकमा फालिएको पैसा बटुलेर बैंकलाई नै दिइएको खबरहरुमा उल्लेख छ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।