धुलिखेल । काभ्रे जिल्लाका पाँचखाल नपा–४ तामाघाटमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । आज (विहिबार) विहान ८ः३० बजेको समयमा अरनिको राजमार्गमा तिनपिप्लेबाट पाँचखाल तर्फ आउदै गरेको न.अ.प.का. १३६३ नं. अटो अनियन्त्रीत भई सडकमा पल्टेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरी चौकी पाँचखालबाट खटेको प्रहरीले दुर्घट्नामा परेकाहरुलाई तत्कालै उद्धार गरी उपचारको लागी धुलिखेल अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।
घाइतेहुनेहरुमा पाँचखाल–७ बस्ने बर्ष २० को साजन न्यौपाने, (अबस्था गम्भिर), पाँचखाल–६ बस्ने बर्ष १५ को सबिन दनुवार (अबस्था गम्भिर), पाँचखाल–४ बस्ने बर्ष २६ को राजु दनुवार (अबस्था मध्यम), पाँचखाल–६ बस्ने बर्ष २२ को शुनिल दनुवार (अबस्था मध्यम), पाँचखाल–२ बस्ने बर्ष १९ को ईसाक थापा मगर (सामान्य), धुलिखेल–११ बस्ने बर्ष २१ को सुरेन्द्र श्रेष्ठ (अबस्था मध्यम) रहेको जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक (डिएसपी) दिपक गिरीले जानकारी दिएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















