अशोक बुद्ध लामा
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ९, मंगलटार बजारमा रहेको श्री मंगल जनविजय माध्यमिक विद्यालयको नयाँ भवन उद्घाटन भएको छ । आज (विहिबार) प्रतिनिध सभा सदस्य एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले एक कार्यक्रमका बीच नवनिर्मित भवनको उद्घाटन गरेकी हुन् ।
जिल्ला आयोजना कार्यन्वयन इकाई (शिक्षा)को १ करोड २३ लाख आर्थिक सहयोगमा निर्माण भएको उक्त भवन ८ कोठे पक्की तथा अपांगमैत्री समेत रहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दे सभापति श्रेष्ठले शिक्षा संविधानमा नै मौलिक हकको रुपमा उल्लेख भएको बताउँदै गुणस्तरीय शिक्षा र निशुल्क शिक्षामा जोड दिइन् । आफूले निजी विद्यालयको अनुहार समेत नदेखेको बताउँदै सामुदायिक विद्यालयमा अध्ययन गर्ने धेरैले बोर्डफास्ट ल्याएको बताइन् । ‘मैले निजि विद्यालयको अनुहार समेत देखिएको थिएन । म आज जुन स्थानमा छु समुदायिक विद्यालयमा नै पढेर आएकी हुँ ।’ उनले भनिन्, ‘नेपालमा बोर्डफस्ट बाबुराम भट्टराई, डाक्टर उपेन्द्र देवकोटा पनि सामुदायिक विद्यालयम पढेर नै सफल भएको हो ।’
उनले भवनको सही सदुपयोग गर्न विद्यालयलाई सुझाव समेत दिइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै रोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी उप्रेती(बर्तौल)ले रोशीको एकमात्र क्याम्पस मंगल जनविजय क्याम्पसलाई रोशी गाउँपालिकाले गर्नुपर्ने साथ र सहयोग निरन्तर रहिरहने बताईन् ।
त्यसैगरि तेमाल गाउँपालिकाका प्रवक्ता ज्ञान बहादुर लामाले भवन भन्दा विद्यार्थीको समस्या रहेको बताउँदै सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गएको र त्यसको मुल्यांकन गरि र विकल्प खोज्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा तेमाल गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष लक्ष्मी बहादुर घिसिङले गुणस्तरीय शिक्षा हुनुपर्नेमा जोड दिँदै सामुदायिक र निजि विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई अभिभावकले नै विभेद गरेको गुनासो गरे । घिसिङले शिक्षक, अभिभावक र व्यवस्थापन समितिको सक्रियताले मात्र सामुदायिक विद्यालयको शिक्षा सुधार्न सक्ने बताए ।
जिल्ला आयोजना कार्यन्वयन इकाई भवन(शिक्षा) प्रमुख द्वरिकाप्रसाद पोखरेलले भवन भएपछि अब सिकाइ उपलब्धि पूरा गर्नुपर्नेमा जोड दिए ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रण बहादुर लामाले धेरै कठिनाईका बाबजुद भवन निर्माणका लागि लागिपर्ने अध्यक्ष बज्रध्वाज लामा, प्रधानध्यापक बासु थापा लागएतको टिमलाई धन्यवाद दिए ।
कार्यक्रममा रोशी शिक्षक महासंघका अध्यक्ष अम्विका प्रसाद दहाल, प्रधानाध्यापक बासु थापा लगायतले आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य विद्यालय व्यवस्थापन समिति सदस्य खड्ग बहादुर लामाले र कार्यक्रम सञ्चालन शिक्षक तिर्थराज थिङ गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।