काभ्रे । जिल्लाको धुलिखेल नगरपालिका वडा नं. ११, पात्लेखेमा सुमो दुर्घट्ना हुँदा एकजना महिलाको मृत्यु भएको छ । आज (विहिबार) दिउँसो ४ बजेको समयमा पातलेखेत स्थित बि.पी राजमार्गमा रामेछाप बाट काठमाण्डौ तर्फ जादै गरेको ना.१ ज. ६१५३ न. को सुमो दुर्घटना हुँदा महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जिल्ला सर्लाही ईश्वरपुर न. पा. वडा न. ८ बस्ने वर्ष २५ की मिना कुमारी बोगटी रहेका छन् भने निजको छोरा वर्ष ४ को बल्लभ खड्का घाइते भएको प्रहरीले जनाएको छ । दुर्घट्ना हुनसाथ घाइते भएको बोगटी र छोरालाई प्रहरीले धुलिखेल अस्पतालमा पु¥याइएको थियो । बोगटीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइते बालक सामान्य रहेको र उनको उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार सुमो आफै अनियन्त्रित भई सडक किनारामा भएको सडकको बारमा ठोक्कीएर दुर्घटना भएको थियो ।
चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी दिपक गिरीले जानकारी दिएकाछन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।