तेमाल । जिल्लाको तेमाल गाउँपालिका वडा नं. ६ ठूलोपर्सेलले चालु आर्थिक वर्षमा शिक्षा क्षत्रको लागि १० वटा योजना निर्माण गरेको छ । वडा शिक्षा समिति, वडा कार्यसमिति, राजनीतिक दलका प्रतिनिधि र ठुलोपर्सेलको सबै बिद्यालयका प्रधानाध्यापक एबं शिक्षक प्रतिनिधिहरूको संयुक्त बैठकले आ.व. २०७६।०७७ को स्विकृत योजना अनुसार १० वटा योजना निर्माण गरि कार्यन्वयन गर्न लागेको वडा अध्यक्ष विकु तामाङले जानकारी दिए ।
बिबिध शिक्षा कार्यक्रमको दुई लाख रुपैयाबाट १० वटा योजनालाई रकम समेत विनियोजन गरिएको वडा अध्यक्ष तामाङले बताए ।
यस्तो छ १० योजनाहरुः
१) प्रा.बि.तहको हाजिरी जवाफ प्रतियोगिता २०७६ माघ ८ गते । रू २५,०००/– (पच्चीस हजार मात्र)
२) प्रा.बि.तहकाे नृत्य प्रतियोगिता २०७६ माघ ९ गते । रू १०,०००/- (दश हजार मात्र)
३) नि.मा.बि.तह कविता प्रतियोगिता २०७६ माघ ९ गते । रू ५,०००/- (पांच हजार मात्र)
४) मा.बि.तहको निबन्ध प्रतियोगिता २०७६ माघ ९ गते । रू ५,०००/- (पांच हजार मात्र)
५) कक्षा ५, ८, SEE र कक्षा १२ को वडा भित्रको उत्कृष्ट दबिद्यार्थीलाई पुरस्कार र सम्मान कार्यक्रम । रू २०,०००/- (बीस हजार मात्र)
६) प्र.बि.तहको सबै शिक्षकहरूलाई ३ दिने शैक्षिक सामग्री निर्माण तालीम २०७७ बैशाख ३,४ र ५ गते । रू ९०,०००/- (नब्बे हजार मात्र)
७) प्रा.बि. नि.मा.बि. र मा.बि. तहको शिक्षकहरुलाई १/१ दिन पाठ्यक्रम प्रबोधीकरण, प्रश्नपत्र निर्माण र उत्तर पुस्तिका परिक्षण सम्बन्धी कार्यशाला २०७६ बैशाख पहिलो हप्ता । रू १४,०००/- (चौध हजार मात्र )
८) कक्षा ८, SEE र कक्षा १२ को अन्तिम परीक्षाको नतीजाको आधारमा प्रयोगात्मक बाहेक लेखित परिक्षामा सबै बन्दा बढी GPA आउने गरि शिक्षण गर्ने उत्कृष्ट बिषय शिक्षकलाई सम्मान । रू १५,०००/- (पन्ध्र हजार मात्र )
९) वडा भित्र का सबै बिद्यालयको बिद्याथि मुल्याङ्कन फारममा एकरूपता ल्याउने गरि फारम तयार गरि बितरण गर्ने । रू १,०००/- (एक हजार मात्र)
१०) कक्षा ८ को अन्तिम परीक्षा केन्द्र तोक्ने र परिक्षा केन्द्रको प्रधानाध्यापक केन्द्रद्यक्ष तोकेर सम्पुर्न उत्तर पुस्तिकाहरूलाई काेटिङ डिकाेटिङ गरि वडा शिक्षा समितिकाे कार्यालयमा उत्तर पुस्तिका परिक्षणकाे ब्यबस्था मिलाई ब्यबस्थित गर्ने । रू १५,०००/- (पन्ध्र हजार मात्र ) वडाका सम्पुर्न बिद्यालयहरुमा माथि उल्लेखित निर्नय कार्यन्योयनको लागि ठूलाे पर्सेल वडा शिक्षा समिति अनुरोध गरिन्छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।