प्रकाश थिङ
ललितपुर । ललितपुर जिल्ला क्षेत्र नं.१ (ख) प्रदेश सभा सांसद चेतनाथ संजेल विकास निर्माणमा देखिएको समस्या र समाधानका उपाय खोज्दै जनतासँग पुगेका छन् । बुधबार आफ्नो निर्वाचन क्षेत्र बागमती गाउँपालिका वडा नं. ४ प्युटारमा ‘विकास निर्माणमा देखिएका समस्या र समाधानका उपाय’ विषयक स्थानीय नागरिक समाज प्युटारद्वारा आयोजित छलफल कार्यक्रममा पुगेका हुन् ।
कार्यक्रममा सांसद सञ्जेलले तीव्र र गुणस्तरीय गतिमा काम भैरहेको देख्दा आफू सन्तुष्ट भएको बताउँदै स्थानीय समस्यालाई मिलेर समाधान गर्न जनतासँग अनुरोध गरे । ‘स्थानीय वासीबाट पनि भरपुर सहयोग भएको छ । अन्त कतै यस्तो सौहार्द्र हुँदैन । चुनावी घोषणापत्रमै सडक र अस्पतालको योजना राखेको र आगामी दिनमा उद्योगग्रामको विकास गरिने छु ।’ सञ्जेलले भने ।
स्थानीय उपभोक्ताको तर्फबाट कृष्णप्रसाद न्यौपानेले निर्माण कम्पनीले स्थानीय जनतालाई सुसुचित नगराएको गुनासो राखे । ‘विकासको प्रत्यक्ष सरोकार जनतालाई छ, जनता पछि पारेर काम गर्न पाइदैन ।’ सांसदसँग गुनासो राख्दै न्यौपानेलने भने, ‘एउटै विकास निर्माणको काममा धेरै योजना र बजेटहरु आँउद जनतालाई धेरै बाधा भएको छ । बाटो खन्दा छेउको माटोमा निर्माण कम्पनीले बिरुवा रोपिदिनु पर्छ । दक्ष प्राविधिक र अपरेटर आएनन । विकास निर्माणमा हामी बाधक होइन, विकासको नाममा विनाश गरिदिनु भएन यसमा सम्बन्धि निकायको धयान जान जरुरी देखिन्छ ।’
यसैगरी अमर कन्स्ट्रक्सन प्राली प्रतिनिधिले कटिङ मापदण्ड अनुसार नै काम गरिएको, दक्ष प्राविधिक पनि रहेका, सबै कामको २० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए ।
प्रदेश पुर्वाधार विकास कार्यालयका सब–इन्जिनियर ठाकुर प्रसाद बजगाईंले जमिन काट्दा जग्गाधनी नराखिएकाmे जग्गाधनी घरमा नभएको बेला काम गराईएको टिप्पणी गरे ।
यसैबीच कालिदेवि माविका प्र.अ. ठाकुर लामाले स्कुल संवेदनशील एरिया भएकोले विद्यार्थीलाई ख्याल गरि सडक निर्माण र पिच गर्न सुझाव दिए ।
स्थानिय नागरिक समाजद्वारा आयोजित उक्त छलफल तथा भेला कार्यक्रमले विभिन्न विकास निर्माण, स्थानिय सरोकारका सवालमा विषयहरु केन्द्रीत हुने खालका आवाजहरु उठेको थियो ।
यसैगरी कार्यक्रम संयोजक उत्तम कुमार लामाले विकास निर्माणमा भौतिक, प्राविधिक तथा कानुनी समस्या राज्यको जिम्मेवार निकायले नै समाधानको पहल गर्नुपर्नेमा जोड दिए ।
उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, स्थानिय पूर्वधार विकास कार्यालयका प्रतिनिधिहरु, निर्माण व्यवसायी कम्पनीका प्रतिनिधिहरु, विभिन राजनितिक दलका नेताहरु, विद्यालयका प्र.अ. शिक्षक, शिक्षिका, स्वास्थ्य चौंकीका प्रतिनिधिहरु, स्थानिय व्यवसायीहरु, विभिन्न उपभोक्ता समितिका प्रतिनिधिहरु, नेपाल प्रहरी, पत्रकार, सामाजिक अभियन्ताहरु र स्थानिय वासिन्दाहरुको सहभागिता रहेका थिए ।
भेलाबाट प्युटारका स्थानिय बुद्धिजीवी, समाजसेवी अगुवा उत्तमकुमार लामाको संयोजकत्वमा इन्द्रबहादुर ग्लान तामाङको सहसंयोजकत्वमा विभिन्न व्यक्तित्वहरु सम्मिलित २७ सदस्यीय जनसरोकार समिति निर्विरोध चयन गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।