प्रकाश थिङ
ललितपुर । ललितपुर जिल्लाको बागमती गाउँपालिकाको ४ वटा विद्यालयलाई वाग्मती गाउँपालिकाले आइसीटीसँग सम्बन्धित विभिन्न सामग्रीहरु वितरण गरेको छ । गाउँपालिकाले शैक्षिक सुधार गर्ने लक्ष्यको साथ बिहीबार एक कार्यक्रमको बीच गाउँपालिका भित्रका ४ वटा आधारभुत बिद्यालयलाई उक्त सामग्री वितरण गरेको हो ।
वितरण गरिएका विद्यालयहरुमा भट्टेडाँडा आधारभुत बिधालय भट्टेडाँडा, बिज्ञान प्रभा आधारभुत बिधालय इकुडोल, खैरेनि आधारभुत बिधालय प्युटार, बालमनोरमा आधारभुत बिधालय आश्राङ रहेको छ । सुचना प्रविधिमा बिकास गर्दै आईटिलाई प्राथमिकता दिने लक्ष्यका साथ उक्त विद्यालयहरुलाई टि.भि., ल्यापटप, प्रिन्टर, फोटोकपि मिसिन १।१ प्रती वितरण गरको छ । त्यसैगरि पुस्तकालयलाई व्यवस्थित गर्ने कार्यक्रम अन्तर्गत जनक मा..िब गिम्दि, नारायणि मा.बि. गिम्दि, जनजाग्रती मा.बि. इकुडोललाई पुस्तक लाईब्रेरि र्याक र फर्निचर प्रदान गरेको छ ।

पिडितलाई राहत
यसै विच गत असार २७ गते आएको अविरल वर्षाका कारण ज्यान गुमाएका १२ वर्षीय सरोज जिम्बाको परिवारको लागि सल्भ नेपालले ७० हजार रुपैयाँ नगद आर्थिक सहयोग गरेको थियोे । १२ वर्षीया छोरा सरोज जिम्बाको घर भत्किँदा पुरिएर मृत्यु भएको थियो । घरले पुरिएका उनका कान्छा छोरा निरोज जिब्बाको स्थानीयले सकुशल उद्दार गरेका थिए । वर्षाका कारण पञ्चलाल जिम्बाको घर पूर्णरुपमा क्षति भएको थियो । यसैगरी पञ्चलाल जिम्बालाई पनि संस्थाले ७० हजार नगद सहयोग गरेको थियोे ।
कार्यक्रममा बागमती गाउँपालिकाको अध्यक्ष बिरबाहादुर लोप्चन, उपाध्यक्ष रन्जना घिमिरे, बडा न २ को वडा अध्यक्ष एवं सामाजिक बिकास बिभाग प्रमुख बिजय कुमार लो, वडा न ४ वडा अध्यक्ष नारायण बाहादुर घले, वडा न ७ को वडा अध्यक्ष नबराज संन्जेल र विद्यालयको प्र अ तथा व्यवस्थापन समितिको अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















