हेटौँडा । प्रदेश नं। ३ ले नेपाल भ्रमण वर्ष २०२० को स्वागतलाई भब्यताको साथ सम्पन्न गर्ने योजना निर्माण गरेको छ ।
प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आज पत्रकार सम्मेलनको आयोजना गरी उक्त विषय बारे जानकारी दिएको हो ।
सो क्रममा बोल्दै प्रदेश नं। ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले भ्रमण वर्ष २०२० लाई स्वागत गर्न आफुहरु तयार रहेको बताए ।
मन्त्रालयले पनि भ्रमण वर्षको पहिलो दिन अर्थात जनवरी १ मा हुने सबै कार्यक्रमहरुको अन्तिम तयारी गरिसकेको उनले बताए ।
उनले जनवरी १ मा प्रदेश ३ मा रहेको विदेशी नाका, विमानस्थल क्षेत्रबाट प्रवेश गर्ने पर्यटकलाई स्वागत गर्ने, प्रदेश ३ को प्रमुख पर्यटकीय गन्तब्यको रुपमा रहेको चितवनमा हात्ति वाक तथा हात्ति सुन्दरी प्रतियोगिता गर्ने, काठमाण्डौँको ठमेलमा साँस्कृतिक कार्यक्रम लगायत प्रदेशको १३ वटै जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गर्ने जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















