पाँचखाल । काभ्रे जिल्लाको पाँचखाल नगरपालिका र वडा नं ९ को संयुक्त सहयोगमा पलाञ्चोकका किसानहरुलाई २५ वटा हाते ट्रयाक्टर वितरण गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच वडा नं ९ को कार्याल्यमा नगर प्रमुख महेश खरेल वितरण गरेका हुन् ।
ट्रयाक्टर हस्तान्तरण कार्यक्रममा पाँचखाल नगरका प्रमुख महेश खरेलले नगरले पवित्र उदेश्यले वितरण गरेको सामाग्रीको दुरुपयोग नगरी प्रयोग गर्ने विश्वास व्यक्त गरे । ‘अनुदानमा पाएको भनेर दुरुपयोग नगरी कृषिलाई आधुनिक सँग जोडेर उत्पादन बढाउन प्रयोग गर्न सबै कृषकहरुहरुसँग म अनुरोध गर्न चाहन्छु ।’ नगर प्रमुख खरेलले भने, ‘समूहहरुले पाएपनि बुढाबुढी, अशक्तहरुलाई निशुल्क रुपमा सहयोग गर्न पनि पनि अनुरोध गर्नचाहन्छु ।’
५ जनाको एउटा समूह बनाएर वितरण गरिएको ट्रयाक्टरले १ सय कृषक परिवारलाई समेट्ने वडा अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए । उक्त ट्रयाक्टर ५० प्रतिशत अनुदानमा कृषकले २० हजार ५ सय मात्र तिर्ने गरी उपलब्ध गराईएको वडा अध्यक्ष श्रेष्ठले बताए ।
वडा नं ९ ले यस अघि पनि २७ वटा हाते ट्रयाक्टर वितरण गरेको थियो । नगरपालिकामा वडा नं ६ ले पनि यस अघि हाते ट्रयाक्टर वितरण ग¥यो भने वडा नं ४ मा पनि हाते ट्रयाक्टर वितरण गर्ने तयारीमा लागेको पाँचखाल नगरका प्रमुख प्रशाशकिय अधिकृत लोकनारायण भण्डारीले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















