काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ८ डराउनेपोखरी स्थित तल्लो हटियाका वर्ष ५४ को श्याम कृष्ण श्रेष्ठ र निजको श्रीमती बर्ष ५१ की रुकुमाया श्रेष्ठको हत्या गर्ने अभियुक्तहरु पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले करिब २ महिना पछि आज (बुधबार) पत्रकार सम्मलेन गरेर अभियुक्तहरुलाई पक्राउ गरिएको सार्वजनिक गरेको हो । श्रेष्ठ दम्पतको २०७६ कार्तिक २९ गते राती घरमै विभत्स हत्या भएको थियो ।
पक्राउ पर्नेहरुमा उदयपुर चौदण्डीगडी नगरपालिका– १० का सुमन राई र सोही ठाउँका किरण कुमार मगर रहेका छन् । उनीहरुलाई जिल्ला अदालत काभ्रेमा पेश गरि म्याद थप सहित अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमूख प्रहरी उपरिक्षक (एसपी) रविकुमार पौडेललले पत्रकार सम्मेलनमा जानकारी दिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय काभ्रे र केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी) को बिशेष टोलीले अनुसन्धान गरि पक्राउ गरिएको हो । यो घट्नाको केन्द्रीय अनुसन्धान व्युरो र जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरी सहितको १२ जना प्रहरीको टोलीले अनुसन्धान गरिएको थियो । उनीहरुलाई मंलबार काठमाडौँ र ललितपुरबाट समातिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रहरीले श्रेष्ठ दम्पतीको हत्या भएको थाहा भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेका तत्कालीन प्रमुख सहितको अनुसन्धान अधिकृतको टोली, तालिम प्राप्त कुकुरहरु सहित घट्नास्थलमा पुगेका थिए ।
मृतकहरु दुबैलाई धारिलो हतियार समेत प्रहार गरी कर्तव्य गरी केही धनमाल सहित डाँका चोरी गरी लगेको थियो । पेसेवर अपराधीहरुबाट घट्ना घटाएको देखिएको हुँदा प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी अनुन्धान व्यूरोसँग अनुसन्धानको लागि विज्ञ टोलीको माग गरी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतको कमाण्ड र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट प्रहरी नायव उपरीक्षक दिपक गिरीको कमाण्डमा संयुक्त टोली खटि अनुसन्धान गरेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















