पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भिजिट नेपाल २०२० को उद्घाटन समारोहमा व्यक्त गरेका विचार जस्ताको तस्तैः
सर्वप्रथम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल भ्रमर्ण वर्ष–२०२०को मूल आयोजक समितिको तर्फबाट यहाँहरूलाई ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ को समुद्घाटन समारोहमा हार्दिक स्वागत अभिवादन व्यक्त गर्दछु। नयाँ वर्ष २०२० को उज्यालो बिहानी र आरम्भसँगै नयाँ आशा, उत्साह, उर्जा र अपेक्षाका साथ ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ को आरम्भ भएको छ।
देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ र संसारभरिका सम्पूर्ण जनसमुदायमा म नयाँ वर्ष २०२० को मंगलमय शुभकामना व्यक्त गर्दछु र नेपाल भ्रमणको निम्तो बाँड्न चाहन्छु।
हाम्रा अग्रजहरूको बलिदान र नेपाली जनताहरूको लामो संघर्षको जगमा जनताद्वारा निर्वाचित प्रतिनिधिहरूको सर्वोच्च थलो संविधानसभाबाट बनेको संविधान कार्यान्वयनसँगै हामीले राजनीतिक विभेद र असमानताहरूको अन्त्य गरेका छौं। संविधान जारी भएपछिको निर्वाचनबाट सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बलियो र स्थायी सरकार बनेको छ। सातैवटा प्रदेशमा स्थायी सरकार बनेका छन्। ७ सय ५३ स्थानीय तहमा ३६ हजार ६ सय ३९ जना निर्वाचित जनप्रतिनिधिहरू कार्यरत हुनुहुन्छ।
संघदेखि स्थानीय तहसम्म आवश्यक कानुनहरू निर्माण भएका छन्। अब यससँगै मुलुक स्थायी शान्ति, समृद्धि र स्थायित्वको फराकिलो राजमार्गमा आइपुगेको छ। अब हामीले आर्थिक र सामाजिक असमानताहरूको अन्त्य गर्दै राष्ट्रिय पुँजीको विकास गरेर समतामूलक समाज निर्माण गर्नु छ। मुलुकलाई समाजवाद निर्माणको बाटोमा लैजानु छ। हाम्रो राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना पूरा गर्ने बाटोमा हामी अग्रसर भएका छौं। अबको हाम्रो बाटो र उज्यालो ‘समृद्ध नेपाल, सुखी नेपाली’ हो । हो, त्यही महाअभियानको एउटा कार्यक्रम हो, ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’। यो अवसरमा विश्व समुदायलाई म अनुरोध गर्न चाहन्छु,
-
नेपाल स्थायी शान्ति, स्थिरता, समृद्धि र सुशासनको बाटोमा छ। नेपालमा लगानीको उपयुक्त वातावरण बनेको छ। आउनुहोस्, नेपाल लगानीको लागि ‘भर्जिन ल्यान्ड’ हो ।
-
नेपाल प्रकृतिको अनुपम सिर्जना हो। यहाँका अनुपम एवं अद्वितीय प्राकृतिक सौन्दर्यसँग रमाउन नेपाल आउनुहोस्। जिन्दगीभरिका लागि मिठो अनुभव लिएर जानुहोस्।
-
नेपाल यो धर्तीकै मौलिक संस्कृतिको केन्द्र हो, विविधतापूर्ण संस्कृतिमा रमाएर जिन्दगीभरिका लागि अद्भुत अनुभुति सँगालेर जानुहोस्।
-
नेपाल धार्मिक रुपले संसारकै विशिष्ट मुलुक हो, यहाँका पवित्र धार्मिकस्थलहरू पुगेर जीन्दगीभरिका लागि पवित्रता प्राप्त गरेर जानुहोस्।
-
नेपाल जैविक विविधताका हिसाबले संसारकै अग्रणी मुलुक हो, यहाँका पन्छी, वन्यजन्तु र वनस्पतिसँग रमाएर जानुहोस्। जिन्दगीभरिका लागि अविस्मरणीय र अमिट सम्झना संगालेर जानुहोस्।
२० वास्तवमा नेपाल संसारमै एक अद्वितीय पर्यटकीय गन्तव्य हो। यहाँको प्राकृतिक सौन्दर्य, संस्कृति र परम्परा, ऐतिहासिक धरोहरहरू साँच्चै नै विश्वलाई मोहित र अचम्मित पार्ने खालका छन्। ‘अतिथि देवो भवः’को मान्यतामा नेपालीहरूको अतिथि सत्कार विश्वमै उत्कृष्ट मानिन्छ। पर्यटनमा विश्वभरिका मुलुकहरूको आ–आफ्ना विशेषता छन्।
पर्यटकहरूको जिज्ञासा हुन्छ, ‘कुन देशमा के छरु तर नेपाल यस्तो मुलुक हो, हामी सहजै भन्न सक्छौं, ‘यहाँ के छैनरु सबथोक छ।’ ‘के का लागि नेपाल जानेरु’ हाम्रा प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा, भौगोलिक विविधता र धार्मिक केन्द्रहरूको आधारमा हामी भन्न सक्छौं, ‘सबैका लागि नेपाल जाने।’ पर्यटनमा ‘सिजन’को कुरा हुन्छ। कुन ‘सिजन’मा कहाँ जानेरु तर नेपाल त्यस्तो मुलुक हो, जहाँ हरेक ‘सिजन’ पर्यटकका लागि विशेषतायुक्त छ। त्यसैले हामी भन्छौं, ‘नेपाल सबै खालको पर्यटन र सबै सिजनका लागि उपयुक्त छ।’ संसारकै सबैभन्दा उच्च हिमशृङ्खला नेपालमा छ।
विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालहरूमध्ये ८ वटा हिमाल नेपालमा नै छन्। पर्वतारोहण, पदयात्रा, रक–क्लाइम्बिङ, र प्याराग्लाइडिङलगायत साहसिक पर्यटन गतिविधिहरूको प्रमुख स्रोत यही हिमालहरू हुन्।
हाम्रा नदीहरूमा जस्तो र्याफ्टिङको रोमाञ्चकता अरु मुलुकमा पाउन कठिन छ।
शान्तिका अग्रदूत गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनी यहीँ छ। यहीँ छ, हिन्दुहरूका आराध्यदेव पशुपतिनाथ मन्दिरसहितको पवित्र तीर्थस्थल पनि। पवित्र तीर्थस्थलहरू मुक्तिनाथ, जनकपुरधाम, हलेसी, पाथीभरा, खप्तड, स्वर्गद्वारी यहीँ छन्।
यहाँका २० वटा संरक्षित क्षेत्रहरूले देशको २३।२३ प्रतिशत क्षेत्रफल ओगटेको छ। विश्व सम्पदा सूचीमा रहेका अनेकौं सम्पदाहरू यहीँ छन्। यहाँका ४ वटा क्षेत्रहरू चितवन राष्ट्रिय निकुञ्ज, काठमाडौं उपत्यका, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज विश्वसम्पदा सूचीमा सूचीकृत छन्।
काठमाडौं उपत्यकामा रहेका सातवटा सम्पदाहरू काठमाडौं दरवार क्षेत्र, पाटन दरवार क्षेत्र, भक्तपुर दरवार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ स्तुपा र चाँगुनारायण मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत छन्। यहाँको जातीय, भाषिक विविधता र सांस्कृतिक विशिष्टिता झनै महत्वपूर्ण छ। भौगोलिक रुपमा सानो मुलुकमा १ सय २५ जातजाति र १ सय २३ भाषाहरू छन्।
जैविक विविधता यहाँको अर्को अद्वितीय विशेषता हो। नेपालमा कूल ८ सय ७२ प्रजातिका चरा पाइन्छन्, जुन सङ्ख्या विश्वकै ९ प्रतिशत हो। हामीकहाँ १० वटा राष्ट्रिय निकुञ्ज, ३ वटा वन्यजन्तु आरक्ष, ६ वटा संरक्षण क्षेत्र र १ शिकार आरक्ष, १२ वटा मध्यवर्ती क्षेत्र र १० वटा रामसार क्षेत्र छन्।
नेपालले विश्वको भूगोलमा जम्मा ०।१ प्रतिशत जमिन ओगटेको छ। तर, जैविक विविधताका हिसाबले संसारमै धनीदेशहरूमध्ये नेपाल पनि पर्दछ। नेपालको भौगोलिक विविधतामा १ सय १८ प्रकारको पारिस्थितिक प्रणालीभित्र ३५ थरीका वन र २ सय ४८ थरीका रैथाने वनस्पतिहरू पाइन्छन्।
नेपाल पर्यटकहरूको लागि आफैंमा एउटा पूर्ण प्याकेज हो। हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने जस्तै ‘नेपालमा अनन्तता छ। यहाँ पृथ्वीमण्डलमा हुन सक्ने र भएका समस्त चिजहरूको सूक्ष्म प्रतिविम्ब टनाटन छ। हिउँदको दृश्यमा ध्रुव प्रदेशको नमूना, ग्रीष्म वर्षाको दृश्यमा नैरक्षिक मुलुकहरूको नमूना यही नजरसामुन्ने छ। स्वर्ग यसैमाथि छ, नरक यसै तल छ। ।।।यहाँ के छैनरु स्वर्गको चमत्कार कि पृथ्वीको परिपूर्णतारु’
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
३० नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका छ। सन् १९५१ पछिमात्र नेपाललाई विदेशी पर्यटकहरूका लागि खुला गरिएको हो। साढे ६ दशकको अवधिमा नेपालको पर्यटन क्षेत्रमा धेरै ठूलो परिवर्तन आइसकेको छ। अब मुलुक स्थायी शान्ति, स्थिरता र समृद्धिको राजमार्गमा अघि बढेसँगै पर्यटनलाई नेपालको अर्थतन्त्रमा प्रमुख आधारमध्येका एक बनाउने सरकारको योजना छ।
त्यसैले सरकारले ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ अभियान घोषणा गरेको हो। आज नै सातवटै प्रदेशहरूमा पनि ‘नेपाल भ्रमण वर्ष–२०२०’ शुभारम्भ गरिएको छ। यसलाई राष्ट्रिय उत्सवको रुपमा मनाउने संकल्पसहित यो शुभारम्भ गरिरहेका छौं। यो राष्ट्रिय उत्वसमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। पर्यटनलाई नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार भनेका छौं, त्यसका लागि यो संख्या र कार्यक्रम पर्याप्त छैन।
त्यसैले हामीले सन् ‘२०२०’लाई प्रस्थानबिन्दुका रुपमा मान्नेछौं। ‘२०२०’ ले पर्यटनको लागि राष्ट्रिय मनोविज्ञान तयार पार्नेछ। यसबाट पर्यटनको नयाँ क्षितिज उदाउनेछ। यसले पर्यटनको नयाँ बाटो र उज्यालो तय गर्नेछ। त्यही बाटो र उज्यालोलाई पछ्याएर २०२० देखि २०३० लाई पर्यटन दशकको रुपमा सञ्चालन गर्नुपर्छ भन्ने योजनामा हामी छौं।
पर्यटनबाट नेपालको कुल ग्रार्हस्थ उत्पादनमा करिब ३ प्रतिशत योगदान रहेको छ। १५ औं पञ्चवर्षीय योजना सम्पन्न हुँदासम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य राखिएको छ। अहिले विदेशी पर्यटकहरूले नेपालमा प्रतिदिन ४४ डलर खर्च गरिरहेका छन्। अब ८० डलर खर्च गराउने र वार्षिक ३५ लाख पर्यटक नेपालमा भित्र्याउने लक्ष्य रहेको छ।
४० पर्यटनको लागि ‘कनेक्टिभिटी’ असाध्यै महत्वपूर्ण छ। सरकारले पूर्वाधार विकासलाई तीव्रता दिएको छ। खासगरी हवाई पूर्वाधारमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल हो। नेपालको अर्को अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा भैरहवामा गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल बनिरहेको छ। यो छिट्टै नै सञ्चालनमा आउनेछ। पोखरा क्षेत्रीय विमानस्थल धमाधम बनिरहेको छ। यो २०२१ देखि सञ्चालनमा आउनेछ। बारा स्थित निजगढ अन्तराष्ट्रिय विमानस्थल सरकारको उच्च प्राथमिकताको राष्ट्रिय गौरवको आयोजना हो। हामीले देखेको सपना र राखेको उद्देश्य पूरा गर्नका लागि निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण अनिवार्य छ। त्यसैले यो विमानस्थल हाम्रो लागि निर्विकल्प हो। त्यसमा राष्ट्रिय सहमति कायम भएकोमा म खुसी व्यक्त गर्न चहान्छु। आन्तरिक विमानस्थलहरूको स्तरोन्नति र व्यवस्थापनलाई तीव्रता दिएका छौं।
५० पर्यटनबाट प्राप्त हुने राजस्व तथा रोजगारी बढाई समग्र आर्थिक वृद्धि, प्रतिव्यक्ति आय एवं कूल गार्हस्थ उत्पादन९जीडीपी० मा पर्यटनबाट हुने योगदानको हिस्सा बढाउने हाम्रो लक्ष्य छ। यसका लागि पर्यटन पूर्वाधार निर्माण र सेवामा विस्तार, पर्यटनमा गुणस्तरता, बजारीकरण र ब्रान्डिङ, मानव संशाधनको विकास, सांस्कृतिक सम्पदाहरूको विकास, पर्यटनमा अध्ययनरअनुसन्धान र अभिलेखीकरणमा मन्त्रालयले जोड दिएको छ।
नेपालका पर्यटकीय आकर्षण र सेवाहरूमा विविधता ल्याउन अभिप्रेरित गर्ने, पर्यटकीय सम्पदा तथा पर्यटन क्षेत्रमा काम गर्ने जनशक्तिको गुणस्तर र क्षमता अभिवृद्धि गर्ने, पर्यटनका माध्यमबाट गरिबी निवारण गर्ने तथा स्थानीय समुदायको सहभागिता बढाउने हाम्रो कार्यक्रम छ। निजी क्षेत्रले ‘नेपाल भ्रमर्ण वर्ष(२०२०’को तयारीमा देखाएको सक्रिय सहभागिता र आगामी अभियानका लागि जाहेर गरेको प्रतिबद्धता असाध्यै सह्रानीय छ।
यो सहभागिता र प्रतिबद्धताको म उच्च प्रशंसा व्यक्त गर्न चाहन्छु। आगमी दिनमा निजी क्षेत्रसँगको सहकार्य र समन्वयलाई अझ प्रभावकारी बनाइनेछ। पर्यटन प्रवर्द्धनका लागि क्रियाशील पर्यटनसँग सम्बद्ध संघ, संस्थाहरू, राष्ट्रिय तथा अन्तराष्ट्रिय वायु सेवा सञ्चालकहरूलाई पनि म धन्यवाद भन्न चहान्छु।
‘नेपाल भ्रमर्ण वर्ष–२०२०’को शुभारम्भको यस अवसरमा म यहाँहरूलाई भन्न चाहन्छु, यो हाम्रो राष्ट्रिय उत्वसको शुभारम्भ हो। त्यस्तो उत्सव जसले हाम्रो राष्ट्रिय आकांक्षा र हाम्रो समृद्धिको सपनाहरूलाई सफलतातिर उन्मुख गराउनेछ। विपनामा परिणत गर्नका लागि सहयोग गर्नेछ। अब हामी यो अभियानबाट पर्यटनको राष्ट्रिय मनोविज्ञान तयार पार्नेछौं। पर्यटनमा नयाँ मानक स्थापना गर्नेछौं। र, विश्व समुदायको दिलदिमागमा नेपालको नयाँ बिम्ब निर्माण गर्नेछौं।
अन्त्यमा ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’को उद्घाटन गरिदिनु हुने सम्माननीय राष्ट्रपतिज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु। उपस्थितिको लागि सम्माननीय उपराष्ट्रपतिज्यूप्रति आभार व्यक्त गर्दछु। महत्वपूर्ण मार्गदर्शनको निम्ति सम्माननीय प्रधानमन्त्रीज्यूप्रति आभार व्यक्त गर्दछु। उपस्थित सबै विशिष्ट अतिथिहरू, विभिन्न देशका माननीय पर्यटन मन्त्रीज्यूहरू, कूटनीतिक नियोगका प्रमुखज्यूहरू सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्न चहान्छु। यो समुद्घाटनलाई भव्य बनाउनका निम्ति सहभागी सबै सबैप्रति आभार प्रकट गर्न चाहन्छु। धन्यवाद व्यक्त गर्न चाहन्छु।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























