काभ्रे । जिल्लाको खोनीखोला गाउँपालिकामा सहकारी समन्वय समिति गठन गरेको छ । मंगलबार एक कार्यक्रमका बीच समन्वय समिति गठन गरिएको हो ।
जिल्ला सहकारी संघ लि, काभ्रेपलाञ्चोकको आयोजनामा काभ्रे जिल्लाका १३ वटै स्थानीय तहहरुमा सहकारी क्षेत्रको विकास, प्रवद्र्धन र सचेतना अभिबृद्धि गर्दै सहकारी र पालिकाको समन्वयमा कार्यहरु सम्पादन गर्नका लागि स्थानीय पालिकास्तरीय सहकारी समन्वय समिति निर्माण÷गठन गर्ने उद्देश्य अनुरुप पालिका स्तरीय समन्वय समिति गठन गर्ने क्रम जारी रहेको छ ।
खानीखोला गाउँलापिकाका अध्यक्ष कृष्णबहादुर खुलालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त सहकारीकर्मीहरुको भेलाले ७ सदस्यिय सहकारी समन्वय समिति समेत गठन गरिएको छ । समन्वय समिति सुर्यमूखी साकोसका अध्यक्ष श्री गोपाल प्रसाद तिमल्सिनाको अध्यक्षतामा गठन गरेको हो । भेलाले सह–संयोजक अम्बिका रिजाल, सचिवमा द्रोण तिमल्सिना, र सदस्यहरुमा दुर्गा बहादुर लुंगेली, टेक बहादुर थिङ, भक्तकुमारी तिमल्सिना र राजकुमार आचार्यलाई चयन गरेको छ ।
३८ जना भन्दा बढी सहकारी अभियन्ताहरुको सहभागितामा भएको उक्त कार्यक्रमको अध्यक्षता जिल्ला सहकारी संघ लि. का सचिव दिलिप शर्माले गरेका थिए । खानीखोला गाउँपालिकामा रहेका ७ वटै वडाहरुबाट सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख समेत रहेका गाउँपालिका अध्यक्ष खुलालले यस पालिकामा रहेका सहकारी संस्थाहरुको प्रवद्र्धन र विकासका लागि आफूले साधै सकारात्मक रुपले हेर्दै आएको र माया गर्दै प्रत्येक आर्थिक बर्षमा बजेट समेत विनियोजन गर्दै आएको र यस आर्थिक बर्षमा पनि रु.१० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए । सहकारी साझा संस्था भएकाले समाजमा यसको महत्व अत्यन्त ठूलो हुने बताउँदै पालिकामा एउटै प्रकृतिका धेरै सहकारी हुनु भन्दा पनि एउटै प्रकृतिका एउटा मात्र रहने गरी सबै वडामा प्रतिनिधित्व गर्दै जन भावना अनुसार कार्य सम्पादन गर्नुपर्ने खुलालले बताए ।
सबै प्रकृतिका सहकारी बचत तथा ऋण, महिला, कफि, कृषि तथा ऊर्जा सहकारीबाट प्रतिनिधित्व हुनेगरी सबै वडा तहहरुबाट समेत प्रतिनिधित्व रहने गरी जिल्ला सहकारी संघले निर्माण गरी सहजिकरण गरिदिएको कार्यविधि अनुसार समन्वय समिति गठन भएको जिल्ला सचिव शर्माले जानकारी दिए ।
कार्यक्रममा जिल्ला सहकारी संघका सचिव शर्माले सहकारी संघको गतिविधि, लगायत सहकारी ऐन २०७४, नियमावली तथा स्थानीय पालिकाले संवैधानिक रुपमा गर्नसक्ने कार्यहरुका बारेमा बोलेका थिए ।
कार्यक्रम सञ्चालन जिल्ला सहकारी संघ लि का सञ्चालक सदस्य निरन्जन बिष्टले गरेका थिउ । कार्यक्रममा वडा अध्यक्षहरु दुर्गाप्रसाद तिमल्सिना, जय बहादुर लुंगेली, बीर बहादुर वाइवा समेतको सहभागिता रहेको थियो ।

Comments

comments