धुलिखेल । काठमाडौं विश्वविद्यालयका आन्दोलनरत प्राध्यापक र कर्मचारी माथि अभद्र व्यवहार गरेको भन्दै डीन र सह–डीनलाई कार्वाहीको माग गरेको छ । प्राध्यापक संघ का महासचिव डा. विकास अधिकारी र कर्मचारी संघका सचिव सुदन ढुंगेलले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै कार्वाहीको माग गरेका हुन् ।
काठमाडौ विश्वविद्यालय प्राध्यापक संघ र काठमाडौ विश्वविद्यालय कर्मचारी संघसंग ४ बुँदे सम्झौता गरी १०६ दिनसम्म पनि सो सम्झौता कार्यान्वयन नभएको अवस्थामा पौष १५ गते प्राध्यापक संघ र कर्मचारी संघले आन्दोलनको घोषणा गरेको थियो ।
आन्दोलनको घोषणासँगै बुधबार विश्वविद्यालयका स्कूल अफ ल, स्कूल अफ मेडिकल साइन्सेज, स्कूल अफ आर्टस्, स्कूल अफ एजुकेसन र स्कूल अफ मेनेज्मेन्टका डीन कार्यालयहरु तालाबन्दी गरिएका थियो ।
स्कूल अफ मेडिकल साइन्सेजका डीन प्रा. डा. राजेन्द्र कोजुको कार्यालय बन्द गर्न जाने क्रममा आफूहरु माथि अभद्र व्यबहार गरिएको प्रेस विज्ञप्तिमा उल्ललेख छ । ‘स्कूल अफ मेडिकल साइन्सेजका डीन प्रा. डा. राजेन्द्र कोजुको कार्यालय बन्द गर्न शान्तिपूर्ण रुपमा जाने क्रममा सो स्कूलका डीन, सह–डीन र केहि अराजक व्यक्तिहरुले भिडन्त निम्त्याई विश्वविद्यालयका प्राध्यापक र कर्मचारी माथि हातपात र अभद्र व्यहवार गराइयो ।’ विज्ञप्तिमा लेखिएको छ, ‘पेशागत हकहितका लागि विश्वविद्यालयमा भइरहेको आन्दोलन दबाउन मण्डले शैलिमा गरिएको सो कार्यको घोर भत्र्सना गर्दै स्कूल अफ मेडिकल साइन्सेजका डीन र सह–डीनलाई कारवाहीकोे माग गर्दछौं ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















