काभ्रे । नेपाल तामाङ घेदुङ, पनौती नगरको प्रथम अधिबेशन सम्पन्न भएको छ । विहिबार सम्पन्न भएको अधिवेशनले बुद्ध तामाङको अध्यक्षतामा १७ सदस्यीय नगर कार्यकारिणी समिति गठन गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा शितल थोकर, राजन तामाङ, सचिवमा सुरेन्द्र तामाङ, सह–सचिवमा प्रेम तामाङ, कोषाध्यक्षमा बुद्ध ब्लोन तामाङ, सदस्यहरुमा सुर्य तामाङ, सोनाम तामाङ, संगीत तामाङ, सुनी तामाङ, सन्तोष तामाङ रहेका छन् । ८ जना भने पछि थपिने भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि एवं नेपाल तामाङ घेदुङका संघीय कार्य समितिका सदस्य डिलबहादुर थोकर (ग्याम्जो)ले अधिवेशन सफलताको शुभकामना मन्तव्य राखेका थिए । थोकरले घेदुङको स्थापना, उद्देश्य र वर्तमान अवस्थाकोबारेमा प्रशिक्षण दिएका थिए । उनले राज्यसत्ताको चरित्रको विरुद्ध लाग्नुपर्नेमा जोड दिंदै कुनै पनि जाति समुदायका विरुद्ध बोल्नु अन्धजातिवाद भएको बताए ।
कार्यक्रममा घेदुङ प्रदेश ३ का सदस्य हरिचन्द्र तामाङ, जिल्ला अध्यक्ष फुर्साङ तामाङको उपस्थिति रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।