काभ्रे । नेपाल तामाङ युवा घेदुङ, काभ्रेको तेस्रो जिल्ला अधिवेशन आज (विहिबार) सम्पन्न भएको छ । अधिवेशन बनेपामा एक कार्यक्रमका बीच सम्पन्न भएको हो ।
अधिवेशनले हजार सिं तामाङको अध्यक्षतामा २१ सदस्यी जिल्ला समिति निर्वाचित गरेको छ । अधिवेशनले उपाध्यक्षमा पेम्साङ बल, छोइमान तामाङ, सचिवमा सुदिन तामाङ, सह–सचिवमा कुशाल थिङ, सदस्यहरुमा तेज घिसिङ, पदम थिङ, बिकास थिङ, अजय बोम्जन, जीवन वाइबा, रोशन बोम्जन, जगत मोक्तान, चन्द्र वाइबा, अजय थिङ, निरेश लामा तामाङ रहेका छन् ।

अधिवेशनको उद्घाटन अन्तर्राष्ट्रि तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामाले एक कार्यक्रमका बीच गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष लामाले तामाङ समुदाय पछाडि पर्नुमा जाँड रक्सीका कारणले नभई राज्यसत्ताको विभेदले पछाडि परेको बताए । राज्यले एउटै मात्र भाषा, सँस्कृति, धर्मको संरक्षण गरेको लामाको आरोप छ । ‘तामाङ समुदाय पछाडि पर्नुको कारण कतिपयले जाँड रक्सी खाएर हो भन्ने गरेको मैले पाएको छु । तामाङ जाड रक्सिले होइन राज्यको उत्पिडनको कारणले पछाडि परेको हो ।’ उनले भने, ‘तामाङ जातिको भाष, संस्कृति, धर्म सबै राज्यले संरक्षण दिनुपर्छ । यसको निम्ति हाम्रो लडाइ हो ।’
कार्यक्रममा विशेष अतिथिहरुमा नेपाल तामाङ घेदुङका संघीय कार्य समितिका सदस्य डिलबहादुर थोकर (ग्याम्जो), नेपाल तामाङ तामाङ युवा घेदुङ केन्द्रीय वरिष्ठ उपाध्यक्ष विलम मोक्तान, अतिथिहरुमा आदिवासी जनजाति महासंघका जिल्ला वरिष्ठ उपाध्यक्ष विकास तामाङ, नेपाल तामाङ घेदुङ, काभ्रेका कोषाध्यक्ष निमा डोल्मो लामा, आदिवासी जनजाति महासंघ, काभ्रेका सदस्य क्षेत्र लामा लगायतका थिए ।
कार्यक्रमको अध्यक्षता नेपाल तामाङ घेदुङ, काभ्रेका अध्यक्ष फुर्साङ तामाङले र सञ्चालन घेदुङ प्रदेश ३ का सदस्य हरिचन्द्र तामाङले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















