अमृत गोले तामाङ
सिन्धुली । नेपाल तामाङ साँस्कृतिक घेदुङ सिन्धुलीको जिल्ला अधिबेशन गत मंगलबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । अधिवेशनले प्रकाश वाइबा तामाङको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको छ । अधिवेशनले उपाध्यक्षमा नवीन तामाङ, कोषाध्यक्षमा निरुता लामा, सचिवमा अमर लो, सह–सचिवमा निकेश तामाङ, सदस्यहरुमा अन्जु थोकर, संञ्जय थोकर, रेश्मा बोम्जन, मिलन थिङ पाराङ, मेनुका मोक्तान, रिता तामाङ, सन्तोष तामाङ र दिप तामाङ रहेका छन् ।
अधिवेशन संघीय सचीव राम कृष्ण ब्लोनको प्रमुख आतिथ्यता, नेपाल तामाङ घेदुङको केन्द्रिय भाषा तथा संस्कृति प्रमुख काजीमान थिङको अतिथ्यतामा तथा जिल्ला अध्यक्ष गम्भीर मोक्तानको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नेपाल तामाङ घेदुङ, युवा घेदुङ, संस्कृति घेदुङ सिन्धुलीको संयुक्त समन्वयमा संचालित उक्त कार्यक्रममा घेदुङ घ्याङलेखका उत्तर वाईबा, मरिणका मोतिलाल गोले, हरिहरपुरगढीका निरेश मोक्तान, कमलामाईका सरिता तामाङ, दुधौलीका मोतिलाल बल, सुनकोसीका छेडुप मोक्तान लगायतका उपस्थिति रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।