काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १०, तीनधारामा एकीकृत बस्ती निर्माण हुने भएको छ । विहिबार जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन), नगरपालिका र एकीकृत बस्ती निर्माण उपभोक्ता समिति बीच सम्झौता भएपछि एकीकृत तामाङ बस्ती निर्माण हुने भएको हो ।
जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का प्रमूख महालक्ष्मी जोशी, नगरप्रमूख टोक बहादुर वाइबा र उपभोक्ता समितिका अध्यक्ष आइतमान तामाङबीच संझौता भएको छ ।

तामाङ समुदायको मात्रै बसोबास रहेको तीनधारामा ३० ओटा घर निर्माण हुनेछन । यी घर निर्माणका लागि १४ जना जग्गाधनीले आफ्नो नाममा श्रेस्ता कायम भएको जग्गा एकीकृत बस्ती निर्माण उपभोक्ता समितिको नाममा मञ्जुरी दिने छन् । भूकम्पले सबै घर भत्काएपछि तीनधाराका स्थानीय नमूना एकीकृत बस्ती निर्माणमा जुटेका हुन् । एकीकृत बस्तीलाई होमस्टेको रुपमा विकास गरिने छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।