हेटौंडा । प्रदेश ३ को कार्यव्यवस्था समितिको बैठकमा राजधानी र नामाकरणको विषयमा अधिकतम सहमति खोजिएको छ । बिहीबार बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा प्रदेशसभामा नाम र राजधानीको विषय दलहरू बीच सकेसम्म सहमति गरेर भोटिङमा जाने प्रयास भएको बैठकमा सहभागी नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घलेले बताइन्।
बिहीबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेपाली कांग्रेसले संसद बैठकमा नाम र राजधानीको विषयमा छलफल गर्न समय माग गरेको छ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रमुख सचेतक रामेश्वर फुयाँलले भने सीधै राजधानी र नामकरण विषय हिउँदे अधिवेशन सुरु भएको भोलिपल्ट पुस २२ गते नै गर्ने गरि मिति तोकेर जान आग्रहका छन्। उक्त विषयमा भने सहमत नभएको र पुस २१ गते ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर टुङ्ग्याउने निर्णय भएको कांग्रेसकी सचेतक घलेले बताइन् ।
नामकरणको कार्यविधि लैजाने
बिहीबार बसेको बैठकले २१ गते प्रदेशसभाको बैठकमा प्रदेश ३ को नामकरणको विषयमा कायएविधि लैजाने निर्णय गरेको छ । उक्त कार्यविधि सत्ता पक्षका प्रमुख सचेतक फुयाँलले प्रस्ताव गर्ने र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक घलेले समर्थन गर्ने निर्णय भएको कार्यव्यवस्था समितिमा संग्लन राप्रपा सांसद रीता माझीले बताइन् ।
बैठकमा प्रदेशका सभामुख सानुकुमार श्रेष्ठसहित नेकपाका प्रमुख सचेतक फुयाँल, नेता राजेन्द्र पाण्डे, कांग्रेसकी प्रमुख सचेतक घले, पुकार श्रेष्ठ, राप्रपाका माझीलगायतका सबैजसो दलको प्रतिनिधित्व हुनेगरी सहभागिता रहेको थियो ।
यस्तो छ सम्भावित कार्यसूचीः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।