काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. भेडाबारीछापमा एक बृद्धा महिला मृत अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार शनिबार करिब ६ बजेको समयमा उक्त महिला मृत अवस्थामा फेला परेको हो ।
मृत्यु हुनेमा वर्ष ५५ की साइली तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । तामाङ घर नजिकैको तिमाल खानेपानी योजनाको पाईप लाईन बिछ्याउन खनेको खाल्डोमा पानी परेको कारण आवत जावत गर्ने क्रममा चिप्ली लडेपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।
तामाङको मृत्यु भएको खबर पाउनसाथ घटनास्थलमा प्रहरी चौकी भकुण्डेबेशीबाट टोली खटी गई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले बताएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।