काभ्रे । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लब समूह) ले काभ्रेको साविक महादेव स्थान– ९ मा रहेको ९५० रोपनी जग्गा कब्जा गरेको छ । विगतमा दनुवार समुदायका बिभिन्न व्यक्तिको नाममा रहेको र पुर्जाको प्रमाण पत्र रहेको जग्गा, खोलाको बगरको बहनामा जवर्जस्ती सरकारीकरण गरिएको भन्दै ब्यानर टाँगी कब्जाको घोषणा गरेको हो ।
‘कित्ता नम्बर ९१६, ९१७ र १२५० जग्गा बिगतमा दनुवार समुदायको विभिन्न व्यक्तिहरुको नाममा रहेको यथस्थ प्रमाण रहेको तर २०३१ सालमा सर्भे नापी हुँदाको बखत आवश्यक जानकारी र सुझबुझको अभावमा दर्ता गर्दा हुन गएको कमजोरी सच्याउनुको सट्टा व्यक्ति र सरकारको नाममा दोहोरो श्रेस्ता कायम गराई जबर्जस्ती दनुवार समुदायलाई उठिबास गराइएको छ ।’ नेकपा काभ्रेले जारी गरेको अपिलमा उल्लेख छ ।
नेकपाले निकालेको अपिलमा खोसिएको जग्गा फिर्ता गर्नुपर्ने, तत्कालीन प्रमुख जिल्ला अधिकारी, नापी र मालपोत अधिकृत र भूमाफियालाई कारबाही गर्नुपर्ने माग गरी, कब्जा गरिएको ठाउँमा गिट्टी बालुवा निकाल्न बन्द गर्नसमेत चेतावनी दिएको छ ।
यस्तो छ अपिलः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















