बुटवल । रूपन्देहीमा एक विद्यार्थी शिक्षकबाट निर्घात कुटिएका छन् । होमवर्क नगरेको भन्दै उनलाई शिक्षकले कुटेका हुन् । उनको आँखामा चोट लागेको छ ।
सम्मरीमाई गाउँपालिका–६ मा रहेको ज्ञानदीप बोर्डिङ्ग स्कुलमा कक्षा ५ मा अध्ययरत १० बर्षीय तौफिक धुनियालाई शिक्षक शैलेन्द्र बरईले कुटपिट गरेका हुन् ।
शिक्षकको कुटाइबाट विद्यार्थीको बाँया आँखामा गम्भीर चोट लागेको छ । स्थानीय अस्पतालमा विद्यार्थीको उपचार सम्भव नभएपछि थप उपचारको लागि भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ ।
तर, ज्ञानदीप बोर्डिङ स्कुलका प्राचार्य सुरेन्द्र बरईले भने विद्यार्थीमाथि कुटपिट नभएको बताए । शिक्षकका कुरा नटेर्ने विद्यार्थीलाई सामान्य रुपमा तर्साइको उनले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















