हेटौंडा । पार्टी केन्द्रले गरेको निर्णयको विरुद्ध सबै सांसदहरु लागेपछि नेकपा संसदीय दलको बैठक स्थगित भएको छ । २२ गते पुनः बस्ने गरी बैठक स्थगित भएको छ ।
हेटौंडास्थित मुख्यमन्त्री निवासमा शुक्रबारदेखि जारी दलको बैठक आइतबारसम्म लम्बिएको थियो । आइतबारसम्म ६३ जना सांसदहरुले आफ्ना धारणा राखेका छन् । धारणा राखेका सबै जसो सांसदहरुले केन्द्रको निर्णय अमान्य हुने धारणा राखेकाछन् ।
बैठकमा विवाद भइरहेपछि २२ गते पुनः बस्ने गरी स्थगित भएको हो । बैठकमा प्रदेश ३ को राजधानी र नामाकरणको विषयमा भइरहेको विवाद सुल्झिएको छैन ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।