सुनापति । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सुनापती गाउँपालिकाले पर्यटन प्रबर्द्धन तथा भ्रमण अभियान सुभारम्भ गरेको छ । कार्यक्रममा श्री पशुपति माध्यमिक विद्यालयको विद्यार्थी, शिक्षक, अभिभावकको सक्रिय सहभागिता रह्यो ।
नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग र्पुयाउने हेतुका साथ सुनापती गाउँपालिकाले पौष १७ गते एक कार्यक्रम आयोजना गरि पर्यटन वर्ष २०२० समुद्घाटन गरेको थियो । उक्त कार्यक्रममा प्रदेश ३ को भूमि, ब्यवस्था, कृषि तथा शहकारी मन्त्री माननीय दावा दोर्जे लामाको प्रमुख आत्यिथ्यता उद्घाटन भएको थियो ।

गाउँपालिका अध्यक्ष धावा लामा सभाध्यक्ष रहेको कार्यक्रममा यसै गाउँपालिका वडा नं. ३ स्थित पशुपति माध्यमिक विद्यालयबाट करिब ४ सय विद्यार्थी र २० जना शिक्षकको सक्रिय सहभागिता रहेको थियो । बिद्यार्थी भाइबहिनीहरुको प्रस्तुतीले कार्यक्रमलाई अझ रोचक बनाएको थियो ।
‘यस्तो कार्यक्रम आयोजना गरेर आफ्नो विद्यालयको विद्यार्थीहरुको कलालाई प्रस्फुटन गराउन गरेको छ, यसप्रति बिद्यालय परिवार अत्यन्तै हर्षित छौँ ।’ विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष एवं सुनापती गा.पा.वडा नं. ३ को वडा सदस्य कुल बहादुर थिङले भने ।
गाउँपालिकाले यसरी विभिन्न कार्यक्रम गर्दा विद्यार्थीमा भएको बौद्धिक क्षमतालाई वृद्धि गर्न अझ सजिलो हुने र आगामी दिनहरुमा बिद्यालयको स्तरोन्नति हुने कार्यक्रममा पशुपति माध्यमिक विद्यालयबाट सधैं सहभागी हुने प्रधानाध्यापक तिलक बल बताए ।

गाउँपालिकाले भ्रमण वर्ष २०२० मा यस्तो कार्यक्रम गरि विद्यालयको प्रस्तुतिहरु देखाउने अवसर दिँदा असाध्यै खुशी भएको बताउदै पशुपति माध्यमिक विद्यालयका भुतपुर्व विद्यार्थी हिक्मत थिङले गाउँपालिकालाई धन्यवाद दिए ।

युवाहरु देशको मेरुदण्ड भएको हुँदा भ्रमण बर्ष २०२० सफल पार्न गाउँपालिकाका सम्पुर्ण युवाहरूलाई आह्वान गरिएको छ ।

Comments

comments