चितवन । भिर मौरीले टोक्दा चितवनमा एक वृद्धाको मृत्यु भएको छ। रत्ननगर नगरपालिका ९ बेलटाडीकी ७६ वर्षीय वृद्धा ठगिया थरूनीको मौरीको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
घरमा बसिरहेकी ठगियालाई आइतबार दिउँसो २ बजे भिर मौरीले टोकेको थियो। गम्भीर घाइते उनको उपचारका क्रममा नयाँ मेडिकल कलेजमा २स्४० बजे मृत्यु भएको प्रहरी प्रवक्ता एक नारायण कोइरालाले बताए।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।