हेटौंडा । हेटौँडाको विकल्पमा बोल्ने सांसदहरुको सांसद पद नै खुस्काइदिने धम्की आउन थालेको कतिपय सांसदको भनाइ छ । नाम नलेख्ने शर्तमा एक सांसदले भने, ‘धम्की आइरहेको छ । सांसद पद खुस्काइदिने समेतका धम्की बेहोर्नुपरेको छ ।’,
ती सांसदका अनुुसार हेटाँैडाको पक्षमा उभिन प्रधानमन्त्री र पार्टीका कार्यकारी अध्यक्षबाट सिँधै फोन गर्न लगाउने काम समेत भएको छ । ती सांसदले भने, ‘तर हामी त्यसरी धम्कीका भरमा डराउँदैनौँ ।’ यस्तो धम्की र फोन आउन थालेपछि केही दिन पहिलासम्म हेटौडाको विपक्षमा रहेकाहरुको स्वर नरम समेत हुन थालेको अर्का एक सांसदले बताए ।
‘कोहीलाई मन्त्री बनाउने आश्वसन त कोहीलाई जागिर खाइदिने धम्की आउन थालेपछि केही सांसद पार्टीको निर्णय मान्नुपर्ने’ पक्षमा पुगेका छन् ।
प्रचण्ड र महासचिव हेटौँडा जाने
सोमबारसम्म पनि राजधानीबारे सहमति नजुटे अन्तिम प्रयास स्वरुप नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेल हेटौँडा जाने तयारीमा छन् ।
सोमबारबाट संसद अधिवेसन सुरु भए पनि २३ गतेमात्रै राजधानीबारे प्रकृया सुरु हुने भएकाले अध्यक्ष र महासचिव हेटौँडा जान लागेका हुन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।