मकवानपुर । तीन नम्बर प्रदेशको नाम र राजधानीका लागि मतदान गर्न प्रदेशसभा बैठक शुरु भएको छ। बैठकमा सांसदहरुले धारणा राखिरहेका छन्।
प्रदेशको नाम बागमती राख्ने र राजधानी हेटौंडा कायम गर्ने पक्षमा प्रदेशसभाका अधिकांश दल सहमत देखिएका छन्। विवेकशील साझाले चाहिँ राजधानी काभ्रेको धुलिखेल बनाउनुपर्ने प्रस्ताव दर्ता गरेको छ। तर हेटौंडालाई नै राजधानी कायम गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने अधिकांश दल सहमत भइसकेका छन्।
प्रदेशको स्थायी राजधानीका हेटौँडा कायम गर्न नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री डोरमणि पौडेल प्रस्ताव गरेका छन्। यो प्रस्तावमा नेपाली काँग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका रीता माझी र राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त० की रीना गुरुङले समर्थन गरेका छन्।
यस्तै, धुलिखेललाई स्थायी राजधानी कायम गर्ने पक्षमा विवेकशील नेपाली दलका रमेश पौड्याल प्रस्तावक तथा साझा पार्टीका शोभा शाक्य र विवेकशील नेपाली दलका विराजभक्त श्रेष्ठको समर्थन गरेका छन्। प्रदेशको नामाकरण बागमती कायम गर्न काँग्रेस संसदीय दलका नेता बानियाँले प्रदेश सभा सचिवालयमा पेश गरेको प्रस्तावमाथि नेकपाका मुख्य सचेतक रामेश्वर फुयाल, विवेकशील नेपाली दलका पौड्याल, साझा पार्टीका शाक्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका माझी र राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त० का गुरुङ समर्थक रहेका छन्।
प्रदेश राजधानी हेटौंडा कायम गर्न पाँच र बाग्मती नामाकरणका लागि प्रदेशसभामा रहेका सात दल सहमत छन्। प्रदेशसभामा स्वतन्त्रसहित ११० सांसद छन्। दुई तिहाइ बहुमतबाट प्रदेशको स्थायी राजधानी र नामाकरण प्रस्ताव पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
यस्तो छ कार्यसूचीः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















