हेटौंडा । प्रदेश ३ को राजधानी काभ्रेको धुलिखेल कायम गरियोस भन्ने प्रस्तावको पक्षमा ३ मत प्राप्त भएको छ । प्रस्ताव विवेकशील साझा पार्टीले राखेको थियो । यससँगै काभ्रे जिल्ला प्रदेशको राजधानी नहुने भएको छ ।
प्रदेशसभामा आज बिहान भएको मतदानमा विवेकशील साझा पार्टीको मात्र ३ मत परेको हो । उक्त पार्टीको रमेश पौडेल, शोभा शाक्य र बिराजभक्त श्रेष्ठले धुलिखेल राजधानी बनाउनुपर्छ भन्नेमा मतदान गरेका थिए ।
यसको बिपक्षमा १ सय १ मत परेको छ ।
अब स्थायी राजधानी हेटौंडा कायम गरियोस् भन्ने प्रस्तावमा मतदान हुदैछ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















