हेटौंडा । प्रदेशसभाको आइतबार बसेको दोस्रो बैठकले प्रदेशको नाम ‘बागमती’ कायम गरिएको छ । बैठकले प्रदेशको नाम बागमती कायम गरियोस् भन्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको हो ।
नामाकरणबारे प्रदेशसभा बैठकमा एकमात्र प्रस्ताव परेको थियो । नेपाली काँग्रेस पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य सांसद इन्द्रबहादुर बानियाँले उक्त प्रस्ताव पेश गरेका थिए । बानियाँले पेश गरेको प्रस्तावको पक्षमा १०८ मत परेको छ ।
प्रदेशसभामा उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा १०८ सांसद उपस्थित रहेकामध्ये सबै सांसदले प्रस्तावको पक्षमा मतदान गरेका थिए । प्रस्तावको विपक्षमा शुन्य मत परेको थियो ।
सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको नाम बागमती राखियोस् भन्ने प्रस्तावको पक्षमा दुई तिहाई मत पुगेकाले नाम बागमती कायम हुने घोषणा गरे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।


















