भक्तपुर ।  पहिचानबादी युवाहरुले प्रदेश नामाकारणको विषयमा विरोध जनाउँदै भक्तपुरमा मसाल जुलुस निकालेका छन् ।

लामो समय देखि नेकपाले देखाएको सपना नेवा ताम्सालिङ लाई लत्याउँदै प्रदेशको नाम बागमती राखिनु पहिचान विरोधी कार्य भएको भन्दै उनीहरुले भक्तपुरमा मसाल जुलुस निकालेका हुन् ।

भक्तपुरको सुर्यविनायक चोकबाट निकालेको मसाल जुलुस राम मन्दिरमा पुगि समापन गरेका थिए।
उनीहरुले सँगै प्रदेश नामाकरणमा केन्द्रले गरेको दवावको पनि विरोध गरेका छन् ।

प्रदेशको नामाकरण पहिचानको आधारमा नहँदा बहुसंख्यक पहिचानबादीहरुको भावनामाथी कुठाराघात भएको भन्दै आफूहरुले मसाल जुलुस निकालेको उनीहरुले बताए ।
यो आन्दोलनको पहिलो चरण भएको बताउँदै उनीहरुले आफूहरु यसको विरोधमा अन्य कार्यक्रमहरुको पनि तय गर्ने जनाएका छन् ।
उक्त विरोध जुलुसमा राष्ट्रिय तामाङ घेदुङ तामाङ चलचित्र संघ र पहिचान” युवा अावाज” लगायत संयुक्त पहिचानवादीहरुले गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।