काभ्रे । वागमती प्रदेशका सांसद रत्न ढकालले आफूहरुले काभ्रेलाई प्रदेशको राजधानी बनाउने प्रस्तावको विपक्षमा नउभिएको बताएकाछन् । तेमाल अनलाईनसँग प्रतिक्रिया दिंदै सांसद ढकालले उक्त कुरा बताएका हुन् ।
हेटौंडालाई राजधानी बनाउने सवालमा भने आफूहरु माथि पार्टीको ह्वीप जारी भएकोले पक्षमा मतदान गर्न बाध्य भएको बताएका छन् । ‘काभ्रेबाट प्रत्यक्ष निर्वाचित हामी ४ जना काभ्रेलाई राजधानी बनाउने प्रस्तावको विपक्षमा उभिएका थिएनौं । केही सञ्चार माध्यमहरुले गलत प्रचार गरे ।’ सांसद ढकलाले भने, ‘हामीले काभ्रेको विपक्षमा मतदान गरेनौं ।’
नेकपा प्रदेश ३ संसदीय दलले हेटौंडा राजधानी बनाउन ह्विप जारी गरे तापनि काभ्रेको विपक्षमा भने नेकपा काभ्रेका सांसदहरू उभिएनन् । काभ्रेबाट प्रत्यक्ष विजयी भएका नेकपा सांसदहरू चन्द्र लामा, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईँ र रत्न ढकालले पार्टीका व्हीप नमानेका हुन् । नेकपा, नेपाली कांग्रेस, नेमकिपा, राप्रपा र राप्रपा संयुक्तले विपक्षमा मत राख्दा पनि काभ्रेको विपक्षमा मतदान गर्न नसक्ने भन्दै मतदान प्रक्रियामा नै सहभागी नभएको ढकालले जानकारी दिए ।
‘पार्टीको संसदीय दलको वैठकमा हामीले ४० जना सांसदहरुले प्रदेशको राजधानी र नामकरणको विषयमा असहमति पत्र नै पेश गरेका थियौं ।’ सांसद ढकालले भने, ‘पार्टी केन्द्रिय सचिवालयको व्हीप मान्न बाध्य भयौं ।’
गणना भएको १ सय ८ मतलाई सभामुख सानुकुमार श्रेष्ठले वर्णानुक्रम अनुसार सुरुमा काभ्रेको धुलिखेल राजधानीको निर्णयार्थ प्रस्ताव गरेका थिए । प्रस्ताव गरेको काभ्रेको धुलिखेलमा प्रस्तावक र समर्थक गरेको विवेकशील साझा पार्टीका ३ सांसदले मत हालेका थिए । काभ्रेको विपक्षमा १०१ मत परेको थियो ।
नेवा–ताम्सालिङको पक्षमा कडा रुपमा उभिदै आएका सांसद ढकालले प्रदेशको नाम वागमतीको पक्षमा मतदान गरेका थिए । पार्टीको व्हीप भएकोले आफूले प्रदेशको नाम वागमतीको पक्षमा मतदान गर्न बाध्य भएको बताए ।

Comments

comments