काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिकाको छैठौं नगरसभा सम्पन्न भएको छ । मण्डनदेउपुर नगरपालिकाको नगर-प्रमुख टोक बहादुर वाईवाको अध्यक्षतामा बसेको सभामा उपप्रमुख निर्मला शाहीले न्यायीक समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिईन ।
कार्यक्रममा विधायन समितिका संयोजक लक्ष्मण प्रसाद बास्ताकोटीले सार्वजनिक खरिद नियमावली २०७६ को मस्यौदा, मदिरा उत्पादन, विक्रि वितरण प्रयोग तथा नियन्त्रण सम्बन्धित मस्यौदा, आर्थिक ऐन २०७६ मा संसोधन लगायतका संसोधन प्रस्ताव पेश गरेका थिए ।

उक्त कार्यक्रममा आ.व. २०७६÷०७७ सामाजिक सुरक्षा भत्ता बाहेक नगरले ७६ करोड, ७७ लाख ४० हजार ६ सय ४८ रकमको बजेट स्वीकृत गरेकोमा हालसम्म २२.८५ प्रतिशत चालु र ८.३५ प्रतिशत पूजिगत तर्फ मात्रै खर्च गरेको जनाएको छ । आर्थिक बर्ष २०७६÷७७ मा सम्झौता भएका १ सय ४ योजना छन् जसमध्ये १३ वटा योजनाले काम सकिसकेको नगर प्रमुखले वाइबाले बताए ।
कृषि, शिक्षा, भुकम्प पुननिर्माण, पशु सेवा, सूचना प्रविधि, स्वास्थ्य, सडक, सिंचाई, पर्यटनमा नगरले खेलेको भूमिका र आर्थिक अवस्थाका बारेमा नगरप्रमुखले प्रगति विवरण र समिक्षा गरिएको थियो । सोही कार्यक्रममा वडा(अध्यक्षहरु, सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत, पत्रकार, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।