पाँचखाल । ‘कृषि यान्त्रीकरण प्रयोगमा बृद्धि, पाँचखाल नगरको समृद्धि’ भन्ने मुल नाराका साथ पाँचखाल नगरपालिका वडा नं ८ ले कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । कृषिको आधुनिकीकरण र ब्यबसायिकरणमा सहयोग पुर्याउने उदेश्यले पचास प्रतिशत अनुदानमा ३० थान हाते ट्याक्टर किसानहरुलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो ।
पाँचखाल नगरपालिकाका कार्यबाहक नगर प्रमुख संजय लामाले किसानहरुलाई ट्याक्टर हस्तान्तरण गरेका हुन । एक ट्याक्टर बराबर पाँच जनाको कृषक समुहलाई हस्तान्तरण गरिएको नगर प्रमुख लामाको भनाई छ । ट्याक्टर हस्तान्तरणको उदेश्य भनेको भोलीका दिनमा ब्यबसायीक खेती गर्ने किसानलाई उत्प्रेरित गर्नु रहेको लामाले बताए ।

‘गाउँ घरमा ंिसंहदरबारको अधिकार आउनुपथ्र्याे तर सिंह मात्र आयो भन्ने गरेको सुनिन्छ तर हामी सिंह(शासक) होइनौं हामी हजुरहरुको सेवक मात्र हौं ।’ लामाले भने, ‘त्यसैले जति सक्छौं सेवा गर्छौ । हाम्रो काम सेवा र सहयोग बाहेक अन्य केही होइन ।’
ट्याक्टर हस्तान्तरण कार्यक्रममा बिशिष्ट अतिथि नेपाल पत्रकार महासंघका पूर्ब अध्यक्ष महेश पौडेलले जनताले घर दैलोमै सरकार आएको महशुस हुने गरी यस्तै कार्यक्रम र सहयोग गर्न जनप्रतिनीधिहरुलाई अनुरोध गरे ।
प्राबिधिक सहयोगी संस्था ओम सत्य साइ मेसीनरी कन्सर्नका प्रोपाइटर सञ्जिब श्रेष्ठले मन्तब्य सहित ट्याक्टरका बिशेषता र प्रयोगको तरीकाका बारेमा अनुशिक्षण गराएका थिए ।
वडा कार्यालयको कृषि बजेट मार्फत अनुदान सहयोगमा ट्याक्टर हस्तान्तरण गरिएको थियो । ट्याक्टर हस्तान्तरण पछि १ सय ५० किसान प्रत्यक्ष लाभान्वित हुने वडा कार्यालयले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।