बनेपा । काभ्रेको बनेपामा रहेका ईलाका प्रहरी कार्यालयमा नयाँ कार्यालय प्रमुखको रुपमा प्रहरी निरिक्षक (इन्स्पेक्टर) योगेन्द्र तिमल्सिना आउनेवित्तिकै विभिन्न अपराध न्यूनिकरण अभियान थालनी गरेको छ । प्रहरीले बनेपामा चोरी, मदिरा लागु औषध नियन्त्रण र न्यूनिकरणका लागि अभियान सुरु गरेको हो ।
अवैध घरेलु मदिरा नष्ट
प्रहरीले एक हजार पाँच सय लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक तिमल्सिनाको नेतृत्वमा गएको टोलीले बनेपा नगरपालिका वडा नंम्बर ७ र ८ को बसपार्क र वडा नम्वर ९ को आजाद माध्यमिक विद्यालय वरीपरीबाट बरामद गरिएको घरेलु मदिरा नष्ट गरिएको हो ।
प्रहरी निरिक्षक तिमल्सिनाले मदिराका कारण हुने घरेलु हिंसा न्युनिकरण गर्ने अभियानका रुपमा सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त अभियान चलाईएको बताए । मदिरा नष्ट गर्न बनेपा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष शेरबहादुर सुवाल, वडा नम्वर १० का वडा अध्यक्ष चन्द्रबहादुर खड्का, समाजसेवी, पत्रकार, स्थानीय लगायतको सहभागिता रहेको थियो ।
चोरीको बाइक नियन्त्रणमा
इलाका प्रहरी कार्यालय, बनेपाले चोरीको बाईक नियन्त्रणमा लिएको छ । प्रदेश नम्बर ३–०२–००६ प ९१३७ नम्बरको मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरी वा ९८ प ५७८ राखी नक्कली बिलबुक बनाई ३ लाख ५० हजारमा किन बेच भईसकेको अबस्थाको मोटरसाईकल प्रहरीले अनुसन्धानका लागी नियन्त्रणमा लिएको प्रहरी निरिक्षक तिमल्सिनाले बताए ।
चोरी गर्ने पक्राउ
प्रहरीको सक्रियतामा बनेपा नगरपालिका ७ गोदाममा चोकबाट बा ५ ख ७२०९ नम्बरको निशान गाडीमा खाद्यान्न सामान लोड गरी राखेको अबस्थामा चोरी गर्ने ब्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ । चोरी गर्ने ब्यक्तिहरु महाभारत गाउँपालिकाका बर्ष २० का कान्छा तामाङ, महाभारत ७ का विवेक लामा र महाभारत ३ का राजकुमार तामाङलाई पक्राउ गरेको इन्स्पेक्टर तिमल्सिनाले जानकारी दिए । चोरी गरिएको सामान ९० हजार बराबरको रहेको प्रहरीले बताएको छ ।
नगरभित्रका सिसी क्यमरा मर्मत
प्रहरीको सक्रियतामा नगरमा विग्रीरहेका सिसिटिभी बनाउन पहल थालेको तिमल्सिनाले बताए । सिसिटिभी मर्मत र सुचारु भए पछि चोरी अपराधका घटनामा न्युनिकरण हुने उनले बताए ।
लागु औषध नियन्त्रण
बनेपा नगरपालिका १३ साँगाबाट सुर्य विनायक–८ निवासी वर्ष ३० का शुसिल नम्रथुलाई लागू औषध सहित नियन्त्रणमा लिएको छ । सिरिन्ज लगायत ठुलो परिणाममा लागु औषध नियन्त्रण लिएको प्रहरीले वताएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।