दोलखा । जिल्लाको भीमेश्वर नगरपालिका वडा नं. २, दोक्थलीका एक बृद्धको ढुंगाले थिचेर मृत्यु भएको छ । माघे सक्रांतिका मनाउनका लागि बनतरुल खन्ने क्रममा ढुंगाले थिचेर मृत्यु भएको हो ।
सोमबार दिउँसोदेखि घर नजिकै रहेको दोक्थलीको जंगलमा तरुल खन्न गएका बीरबहादुर थामी अवेरसम्म घर नफर्किएपछि आफन्तले खोजीकार्य जारी राखेका थिए ।
सोही क्रममा थामीलाई आज (मंगलबार) तरुल निकाल्नका लागि खनेको खाल्टोमा ढुंगाले थिचिएको अवस्थामा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक सई यज्ञ शाहले जानकारी दिए ।
मृतक थामीको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा राखिएको छ । घटनाको विषयमा थप अनुसनधान भइरहेको प्रहरी निरिक्षक शाहले जानकारी बताए ।
Comments