काठमाडौं । एकवर्ष अघि सार्वजनिक बसमा हस्तमैथुन गरि महिलाको कपालमा विर्य फालेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भरतपुर घर भई हाल बानेश्वर बस्ने रविन कार्की रहेका छन् । कार्कीलाई सोमबार चितवनबाट पक्राउ गरी काठमाडौं ल्याइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।
प्रहरीका अनुसार उनले एक वर्षअघि सार्वजनिक बसमा हस्तमैथुन गर्दै अघिल्लो सिटमा बसेकी महिलाको कपालमा विर्य फालेका थिए । सो भिडियो सामाजिक सञ्जालमा भाइरलसमेत बनेको थियो ।
सुवेदीका अनुसार उनले सामाजिक सञ्जालमा विभिन्न ग्रुप बनाएर अश्लील भिडियो अपलोड गरी पैसा कमाउने सोचले यस्तो गरेका थिए ।
घटनापछि पक्राउ परिन्छ भन्ने डरले उनी भारतमा बस्दै आएका थिए । तर केही दिन अघिमात्रै भारतबाट चितवन आएका बेला उनलाई चितवन प्रहरीले पक्राउ गरेको हो ।

Comments

comments