भुम्लु । काभ्रेको भुम्लु गाउँपालिकामा भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा शुरु भएको छ । कोशिपारी जागरण युवा समाजको आयोजनामा यस गाउँपालकामा भ्रमण वर्ष २०२० शुरु भएको हो ।
सो अवसरमा कोशिपारीका पर्यटकिय स्थलहरुको प्रचार प्रसार तथा ती स्थलमा स्वदेशी, विदेशी, पर्यटक भित्र्याई समग्र भुम्लुको आर्थिक उन्नतिमा टेवा प¥याउने उदेश्यले विशेष कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएकाछन् । कार्यक्रममा भुम्लु गाउँपालिकाको दोललघाट, सुनकोशी नदीमा जलयात्रा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेका जिल्ला अध्यक्ष रुकु चौलागाई र नेपाली काँग्रेस पार्टी काभ्रे जिल्ला सभापति मधु आचार्य लगायतका उपस्थिति रहेका थिए ।
साथै कार्यक्रममा जापान, फ्रान्स, चिनबाट आएका पर्यटकहरुको साथै भुम्लु गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरुको सहभागीता रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















