तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ६ को आयोजनामा शैक्षिक अन्तरकृयात्मक कार्यक्रम सम्पन्न भएको छ । ‘हाम्रो अभियान शैक्षिक गुणस्तरको लागि शैक्षिक अन्तरकृयात्मक कार्यक्रम’ भन्ने मूल नाराका साथ सो वडाको ३ वटा विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरकृया शिक्षक, अभिभावक, विद्यार्थी र सरोकारवालाहरुबीचमा भएको वडा अध्यक्ष विकु तामाङले तेमाल अनलाईनलाई जानकारी दिए ।
अन्तरकृया कार्यक्रम पौष २७ गते पकवालको महांकाल आवासिय विद्यालयबाट शुरु भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दुर्गा माया तामाङ, वडा अध्यक्ष विकु तामाङ, तेमाल गाउँपालिकाका सूचना अधिकारी उज्वल लामा, वडा सदस्यहरुको सहभागीता रहेका थिए ।
त्यसैगरि पौष २८ गते बुद्धकोल्तोङ प्राविमा र आज (मंगलबार) निर्मला प्राविमा शैक्षिक अन्तरकृयात्मक कार्यक्रम सम्पन्न भएको छ । सबै कार्यक्रम वडा अध्यक्ष तामाङको उपस्थितिमा सम्पन्न भएको हो ।
वडा भित्रका ६ वटा विद्यालयमा यो कार्यक्रमको आयोजना गरिएको भएता पनि हालसम्म ३ वटा मात्र विद्यालयमा कार्यक्रम सम्पन्न भएको अध्यक्ष तामाङले जानकारी दिए । ‘सबै विद्यालयमा शैक्षिक अन्तरकृयात्मक कार्यक्रमको आयोजना गर्ने योजनामा छौं । हालसम्ममा ३ वटा विद्यालयमा सम्पन्न भएको छ ।’ तामाङले भने, ‘तेमाल गाउँपालिकाको आयोजनामा अध्यक्ष कप फूटवल प्रतियोगिताको तयारी गर्नुपर्ने भएकोले अन्य विद्यालयमा कार्यक्रम गर्न सकेका छ्रैनौं ।’
कार्यक्रममा अभिभावकहरुको उल्लेख्य सहभागीता रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















