जन प्रतिनिधिहरुको गहन प्रतिवध्दता र कर्मचारीको अथक प्रयासबाट धुलिखेलले नयाँ अबधारणा हेल्दी सिटीको अबधारणामा रहेर बृहत योजना साथ नगरबासीलाई स्वास्थ्य सेवामा नयाँ अयामका साथ काम थालनि गरेको छ । स्थानिय तहले स्वास्थ्य क्ष्ेत्रमा धेरै लगानी गरेता पनि उल्लेख्य उपलब्धीहरु हाँसिल गरेका स्थानिय तहहरु कमै रहेको देखिन्छन तर कम आर्थिक लगानी भएता पनि समन्वय र सहकार्यको माध्यमबाट धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण दिन सफल स्थानिय तहको रुपमा धुलिखेल नगरपालिकालाई लिन सकिन्छ ।
धुलिखेल नगरपालिकाले बिभिन्न चरणमा सरोकारवालाहरुको बैठक राखी बौध्दीक बहस पश्चात यो अबधारणालाई विश्वब्यापीकरण तथा स्थानिय करणको मिश्रीत स्वरुपमा स्थानिय समस्यालाई स्थानिय तवर बाटै समाधान गर्दे विश्वमा आएका नयाँ खोजमा आधारित रहेर स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिकाले रणनीतिका साथ लागेको नगर स्वास्थ्य अधिकृत सन्दीप के.सी. ले बताउनु भयो । धुलिखेल अस्पतालको समन्वय तथा कर्ड नेपाल लगाएत अन्य बिभिन्न सहयोगी संस्थाको सहयोगमा धुलिखेल नगरपालिकाले हेल्दी सिटीको अबधारणामा नगर कार्यपालिकाको २०७६ श्रावण १२ गतेको निर्णय अनुसार कार्य प्ररम्भ गरेको हो ।

नगर स्वास्थ्य अधिकृत के.सी.का अनुसार समन्वय तथा सहकार्य माफर्त नै गत आ.ब. मा समेत धुलिखेलमा ३७ वटा स्वास्थ्य शिविरहरु सम्पन्न गरिएको थियो । नगरका बिभिन्न वडाहरुमा रहेका एउटा प्राथमिक स्वास्थ्य केन्द्र, ६ वटा स्वास्थ्य चौकी तथा ३ वटा नगर स्वास्थय केन्द्र माफर्त निःशुल्क औषधि बितरण हुँदै आएकोमा हाल स्वास्थ्य संस्थाहरुमा पर्याप्त औषधि रहेर हाल स्वास्थ्य संस्थाहरुबाट नगर स्वास्थय शाखाले ओभर स्टक नराख्न भने पछि केही औषधिहरु फिर्ता गरिन थालेका छन् ।प्रदेश नं. ३को कार्यक्रम अन्तरगत स्वास्थ्य कार्यालय काभ्रेको सहयोगमा वडा नं. ३ तथा ५मा महिलाहरुको पाठेघर जाँच सम्बन्धि शिविर मार्फत सेवा प्रवाह गरिइएको छ । हेल्दी सिटी अबधारणालाई मुर्त रुप दिन धुलिखेल प्रानथमिक स्वास्थय केन्द्रमा कर्ड नेपालको सहकार्यमा हरेक मंगलबार तथा सुक्रबार मानसिक स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरिएको स्वास्थय अधिकृत शरद चन्द्र थापाले बताउनु भयो ।
हाल धुलिखेल नगर पालिकाले हेल्दी सिटी अबधारणामा रहेर नगरको स्वास्थ्य प्रोफाइल तयार गर्न लागेको छ जसको लागि धुलिखेल अस्पतालको सहयोगमा वडा नं. ६मा कार्य प्रारम्भ गरिएको छ भने बिभिन्न ७ वटा वडाहरुमा मधुमेह सम्बन्धि शिविर सञ्चालन गरी मधुमेह रोग बिरुध्द जनचेतना जागरण तथा परिक्षण सेवा सुरु गरिएको छ ।
शिर मेमोरिएल अस्पतालको सहयोगमा मार्त तथा नव शिसु स्याहार तालिम प्रदान गरी स्वासथ्यकमीको क्षमता अभिबृध्दी गरी मातृ स्वास्थ्य तथा नवशिशु स्वास्थ्यका क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्न थालिएको छ । वडा नं. ७ मा फोहर संकलन गरी स्वस्थ सहर निर्माणको थालनी गरिएको छ भने वडा नं. ८ मा घरदेलो स्वास्थ्य सेवा मार्फत असक्त तथा गर्भवती र बृध्द बृध्दाहरुलाई सेवा प्रदान गरीएको छ ।

वडा नं.१०मा बृध्द बृध्दाहरुको मासिक क्लिनिक सेवा सुचारु गरिनुका साथै सुत्केरी पोषण कार्यक्रम सञ्चालनमा रहेको छ । हरक हप्ता सौमबार रेडीयो मार्फत जनचैतना मुलक कार्यक्रम प्रशारण गरिएका छन् । प्रतिबध्द जनप्रतिनिधि तथा स्वास्थ्य क्षेत्रमा लामो अनुभब भएका प्रमुख प्रशासकीय अधिकृत रहेका कारण हेल्दी सिटीको अबधारण साकार पार्न सहज हुने स्वास्थ्य शाखाको धारणा रहेको छ ।नियमित स्ांस्थाको अनुगमन तथा मुल्याँकन कार्य गरिएको छ भने नर्सिङ्ग स्वास्थ्य कर्मीहरुलाई तालिम प्रदान गरी सबै स्वास्थ्य संस्थामा महिलाको पाठेघर परिक्षण गर्ने कार्यक्रम रहेको स्वास्थ्य शाखाले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















