बनेपा । काभ्रेको बनेपा नगरपालिका वडा नं. ९ मा सञ्चालन हुँदै आएको ब्रदर्श मोवाई पसलका सञ्चालनक पक्राउ परेको छ । मंगलबार अबैध रुपमा भन्सार छली चोरी निकासी गरी ल्याएको मोवाईल सहित पसल सञ्चालक उत्तम खनाल र सुदिप दाहाललाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय, बनेपाका प्रमुख प्रहरी निरिक्षक (इन्स्पेक्टर) योगेन्द्र तिमल्सिनाका अनुसार खनाल र दाहालको पसलबाट विभिन्न कम्पनीको ३० थान मोवाईल समेत बरामत गरेको छ ।
उनीहरुलाई मंगलबार बेलुका ५ बजेको समयमा पक्राउ गरेको प्रहरी निरिक्षक तिमल्सिनाले बताए ।  ‘खनाल र दाहालको पसलबाट समसुङ लेखिएको मोबाईल १० थान, असुस लेखिएको मोबाईल २ थान, भिभो लेखिएको मोबाईल २ थान, एमआई मोबाईल २ थान, ओप्पो मोबाईल ५ थान, आइफोन मोबाईल २ थान, वान प्लस मोबाईल १ थान र रियलमि मोबाईल ३ थान गरी जम्मा ३० थान मोबाईल सेटहरु बरामद गरीएको छ ।’ इन्स्पेक्टर तिमल्सिनाले तेमाल अनलाईनलाई जानकारी दिंदै भने, ‘करिब १० लाख १७ हजार ५ सय मुल्य बराबरको मोबाइल बरामत गरेका छौं ।’
पक्राउ परेका दाहाल र खनालालाई पक्राउ पुर्जी समेत दिई आवश्यक कारवाहीको लागि आज (बुधबार) राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुरमा पठाएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय, बनेपामा जिम्मेवारी पाएको केही दिन भित्रमै इन्स्पेक्टर तिमल्सिनाले अपराध न्यूनिकरण अभियान सञ्चालन गर्दै आएका छन् । यस अघि चोरीएको मोटरसाईकल, अवैध घरेलु मादक पदार्थ, विभिन्न चोरीमा संलाग्नहरुलाई कार्वाही गरिसकेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।