काभ्रे । जिल्लाको महाभारत गाउँपालिका स्थित बन्खुचौरको देवीटारमा पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आउने भएको छ । आगामी माघ ६ गते अध्यक्ष प्रचण्ड देवीटारमा आउने भएको हो ।
महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा (संसार) का अनुसार अध्यक्ष प्रचण्ड साक्षर गाउँपालिका घोषणा गर्न र गाउँपालिका भवन उद्घाटन गर्न आउने भएको छ । गाउँपालिका अध्यक्ष जिम्बाका अनुसार सो दिन विविध साँस्कृतिक कार्यक्रम समेत हुने भएको छ ।
कार्यक्रममा चर्चित कलाकारहरु सरोज मोक्तान, निर्मला घिसिङ, प्रयास दोङका साथमा स्थानीय कलाकारहरुको प्रस्तुती हुने आयोजकले तेमाल अनलाईनलाई जानकारी दिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।