पाँचखाल । पाँचखाल नगरपालिका भित्र रहेका असाध्य (क्यान्सर) रोग, दीर्घरोगी तथा कडा रोग लागेका विपन्न व्यक्तिहरुलाई आर्थिक सहयोग गरिएको छ ।
नगरका कार्यबहाक प्रमुख संजय तामाङको पहल, पाँचखाल नगरपालिकाको समन्वयमा उज्यालो नेपाल काठमाण्डौले पाँँचखाल नगर भित्रका असाध्य (क्यान्सर) रोगीलाई प्रति व्यक्ति २५ हजारका दरले ६ जनालाई सहयोग गरेको हो ।
सहयोग रकम पाउनेमा वडा नं २ का रक्त क्यान्सर अनिता तामाङ, वडा नं ११ का विना खरेल र रक्त क्यान्सर रत्नमान लामा, वडा नं ८ का घाँटी क्यान्सर सिताराम थापा र गाला क्यान्सर भएका उमेश तामाङ, वडा नं १३ का रक्तक्यान्सर गोविन्द रोक्का छन् ।
उनीहरुलाई पाँचखाल नगरका कार्यबहाक नगरप्रमुख संजय तामाङ र उज्यालो नेपालका सचिव विष्णु ज्ञवालीले सहयोग रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै कार्यबहाक नगर प्रमुख तामाङ र उज्यालो नेपालका सचिव ज्ञवालीले असाध्य (क्यान्सर) रोग लागेका विपन्न पविारका व्यक्तिहरुलाई उपचारमा केहि भएपनि राहत होस भनेर वितरण गरिएको बताए ।
नगरपालिकाले २८ जनालाई वितरण
पाँचखाल नगरपालिकाले यस आर्थिक बर्ष २८ जना दीर्घरोग तथा कडारोग लागेका विपन्न व्यक्तिहरुलाई आर्थिक सहयोग गरेको छ । २८ मध्ये २७ जनालाई उनीहरुको उपचारको विल भर्पाई हेरेर दश हजारको दरले सहयोग गरेको छ भने एक जनालाई ५ हजार रुपैयाँ सहयोग गरेको नगरपालिकाले जनाएको छ ।
दश हजार पाउनेमा रामशरण शिवभक्ती, अर्जुन मिजार, सितामाया तामाङ, बुद्धिलाल श्रेष्ठ, सिता राई, मैया दनुवार, गंगाप्रसाद घिमिरे, कविता भारति, गोविन्द रोक्का, यनिका दनुवार, जित कुमार तामाङ, चन्द्रमाया तामाङ, रामकाजी श्रेष्ठ, माधवप्रसाद खरल, शम्भु विश्वकर्मा, बुद्धिकृष्ण धिमाल, प्रकाश ढकाल, मयुर तामाङ, यमबहादुर ढकाल, इन्द्रबहादुर मगर, गोपीकृष्ण थपलिया, चुनबहादुर सार्की, टिका कुमारी कुँबर, मनमाया लामा, सविना श्रेष्ठ, सरस्वती अधिकारी र सितादेवी त्रीपाठी छन् भने ५ हजार पाउनेमा रामशरण खरेल रहेको पाँचखाल नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत लोकबहादुर भण्डारीले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।