रोशी । काभ्रेको राशी गाउँपालिका अध्यक्ष डिबी मोक्तानले राज्यको नजरमा सबै पर्व समान रहेको बताएका छन् । बुधबार रोशी गाउँपालिका वडा नंं ९, राजबासमा मगर समुदायको माघी पर्व कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मोक्तानले उक्त कुरा बताएका हुन् ।
प्रमुख अतिथि समेत रहेका मोक्तानले कार्यक्रमलाई सम्बोधन गर्दै सर्व पर्वको संरक्षण गर्ने दायित्व रोशी सरकारको रहेको समेत स्पष्ट पारे । ‘स्थानीय पर्वहरुको जगेर्ना गर्नको लागि रोशी सरकारको बिषेश जोड् रहन्छ । नेपाल बहुजातिय, बहुधार्मिक, बहुसाँस्कृति, बहुभाषिक मुलक भएकोलेसबै धर्म समुदायको अधिकार संबिधानलेनै सुनिस्चित गरेको छ ।’ अध्यक्ष मोक्तानले भने, ‘संविधानले दिएको अधिकारलाई स्थानिय सरकारले समेत संरक्षण गर्दै सबै समुदायको हितमा रोशी सरकारले काम गरिरहेको स्पष्ट पार्न चाहन्छु ।’
संबिधानले दिएको अधिकारलाई जनताले प्रत्याभूति हुनेगरि स्थानिय पर्वमा रोशी सरकारले एकदिन सार्वजानिक बिदा दिएको बताउँदै उनले मगर समुदायले आफ्नो पहिचानलाई जोगाई राख्न भाषा साँस्कृतिको संरक्षण तर्फ पनि ध्यानदिन मगर समुदायलाई अनुरोध समेत गरे ।

त्यसैक्रममा रोशी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष एवं रोशी गाउँपालिका प्रवक्ता पदम बहादुर लामाले रोशी सरकारले सबै समुदायहरुको पर्वहरुमा समान ब्यवहार गरिरहेको बताउँदै बिकास निर्माणको कामसँगै रोशीको जनताहरुको माग अनुसारको अघि बढ्ने बताए ।
कार्यक्रममा वडा नं ९ का वडा सदस्य मेघबहादुर लामा, नेपाल मगर संघ प्रदेश नं ३ का अध्यक्ष साधुराम मगर लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा बृद्ध–बृद्धाहरुलाई गाउँपालिका अध्यक्ष मोक्तान, रोशी गाउँपालिकाका प्रवक्ता लामा, वडा सदस्य लामाले खादा टिकाबाट सम्मान गर्दै फलफुल समेत बितरण गरिएको थियो ।
नेपाल मगर बौद्ध सेवा समाज रोशी ९ परिवारको आयोजनामा भएको उक्त साँस्कृतिक कार्यक्रममा बृद्ध–बृद्धहरुलाई सम्मान गरेका थिए । साथै कार्यक्रममा मगर समुदायको कौरा नाच, मारुनी नाच सहित बिभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















