पाँचखाल । वागमती प्रदेशका सांसद लक्ष्मण लम्सालले प्रदेशको राजधानी काभ्रेमा ल्याउन नसकेकोमा माफी मागेका छन् । डोने (राईदनुवार) मैलिक हल्लेउ (माघे सक्राती) उपलक्ष्यमा आयोजित शुभकामना तथा वृहत सांस्कृतिक कार्यक्रमालाई बुधबार सम्बोधन गर्दै सांसद लम्सालले यसरी माफी मागेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लम्सालले नेकपा र काँङ्रेसको असहयोगले वागमती प्रदेशको राजधानी काभ्रे हुन नसकेको स्पष्ट पारे । कम्युनिष्ट र काँग्रेसको असहयोगले गर्दा काभ्रेमा प्रदेश नं ३ को राजधानी काभ्रे ल्याउन सकेनौं । हामी माफी माग्न चाहन्छौं ।’ लम्सालले भने, ‘हामी काभ्रेली प्रदेश सांसदहरुले हदैसम्मको पहल गरेका थियौं, तर सफल हुन सकेनौ । प्रदेसमा रहेका ११० जना सांसद मध्य हेटौडाको विपक्षमा वहुमत तयार हुंदा पनि परिवन्धले गर्दा सफल हुन सकेन ।’
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लम्सालले राजधानीको बिषयलाई लिएर विभिन्न भ्रम फैलाउन काम पनि भएको बताउँदै वास्तविक चुरो कुरो आफूहरुले खुट्टा नकमाएको बताए । ‘हामी अन्तिम समयसम्म धेरै लड्यौं तर सफल हुन दिएन ।’ उनले भने, ‘हामी सफल नभएको होईन, सफल हुन नदिएको हो । राजधानीको बिषयमा हामी सफल नभएपनि समृद्ध काभे्र निर्माणको लागि निरन्तर रुपमा लागि रहने छौं ।’
नेपालको बिभिन्न १४ जिल्लामा छरिएर रहेका डोने (दनुवार) हरुले आफ्नो सँस्कृति, भेसभुषाको संरक्षण गर्न एक जुट भएर अघि बढ्नुपर्नेमा जोड दिदै सांसद लम्सालल सँस्कृति जोगाउने नाउमा भड्कीलो तरिकाले पर्व मनाए जोगिने नभई लोपहुने खतरा बढ्ने भएकोले आफ्नो क्षमता अनुसार पर्व मनाउनु पर्ने बताए ।
कार्यक्रमका बिशेष अतिथि पाँचखाल नगरपालिकाको उप-मेयर लक्ष्मी दनुवारले डोने (दनुवार) हरुको पहिचान साथै संस्कृति संरक्षणको लागि नेपालका १४ जिल्लामा छरिएर रहेका डोनेहरुलाई समेटेर अगाडी बढ्ने लक्ष लिएको बताइन् ।
कार्यक्रममा नेपाल डोने विकास समाजका अध्यक्ष राजन डोने, नेपाल डोने विकास समाजका सदस्य हरी वहादुर डोने, समाजसेवी शिमराज डोने लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरेको थियो । सम्मानित हुनेहरुमा सार्क च्याम्पियन सिप कराँते प्रतियोगितामा रजत पदक हासिल गर्न सफल चञ्चला हनुवार, कराँते साहशिक व्यक्तित्व अशोक जंग दनुवार र हरिवहादुर दनुवार, कराँते उत्कृष्ट व्यक्तित्वहरु गणेश दनुवार र रमेस दनुवार रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















