काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारमा विप्लव समूहले झण्डा गाड्दैमा जग्गा कब्जा नहुने बताएका छन् । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले झण्डा गाड्दैमा जग्गा कब्जा नहुने बताएका हुन् ।
”विप्लवले कव्जा गरेर कव्जा हुँदैन । नेपाल सरकारले आफैले छानवीन गरिरहेको छ । र त्यो जग्गा जसले जे भनेपनि नेपाली जनताको र सरकारको हो । त्यो व्यक्तिहरुलाई दिन सकिँदैन । यो विप्लवको चर्चामा आउने प्रयास हो । सार्वजनिक चासो भएको विषयमा एक्सन लिइयो भने शक्तिशाली हुनसकिन्छ कि भन्ने हुनसक्छ ‘ उनले भने । यो आतंकवादी क्रियाकलाप भएको उनको भनाइ छ ।
सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले लतिला निवासको जग्गामा बम राख्नुका साथै झण्डा गाडेर कब्जा गरेको घोषणा गरेको थियो ।

Comments

comments